२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

नेपाल प्रहरी श्रीमती संघद्वारा बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर फलफूल वितरण

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, आषाढ २९, २०८१

 

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश प्रहरी अस्पताल पोखराको प्राविधिक सहयोगमा कास्कीको सराङकोट स्थित रहेको बाल सुधार गृहमा नि:शुल्क स्वास्थ्य शिविर तथा फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
“सेवा नै धर्म हो” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघले उक्त सुधार गृहमा रहेका बालकहरुको नियमित स्वास्थ्य जाँचलाई निरन्तरता दिने उद्देश्यले गरिएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुवँरज्युको प्रमुख आतिथ्यता साथै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहज्युको विशेष आतिथ्यता सम्पन्न भएको थियोे। नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेशकी उपाध्यक्ष अप्सरा खत्रीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रमलाइ संघकी सचिव रविना अर्यालले संचालन गर्नुभएको थियो ।

 

फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर पोखराका छाला रोग विशेषज्ञ डा.अजय कुमार, प्राविधिक प्रहरी निरीक्षक डा. शिशिर कोइराला र क्षेत्रीय क्षयरोग उपचार केन्द्र पोखराका डा.शिशिर पौडेल समेतको चिकित्सक टोलीले सुधार गृहमा रहेका १०० जना बालकहरुको स्वास्थ्य जाँच गरी नि:शुल्क औषधी वितरण गर्नुको साथै स्वास्थ्य परामर्श समेत प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुवँरले उक्त सुधार गृहमा रहेका बालकहरुलाई विगतमा गरेका गल्तीहरुलाई बिर्सिएर यस सुधार गृहलाई आफ्नो जिबनको सिकाईको पाठशालाको रुपमा लिन आग्रह गर्दे उज्जवल भविष्यको कामना गर्नु भई फलफूल हस्तान्तरण गर्नुभएको थियो ।

 


सोहि अवसरमा बोल्दै उक्त कार्यक्रमका विशेष अतिथि गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायब महानिरीक्षक दुर्गा सिंहले बाल सुधार गृह सुधार गृह मात्र नभईकन एक विद्यालयको रुपमा रहेको बताउँदै सम्पूर्ण बालकहरुलाई सकरात्मक सोचको बिकास गरी भविष्यमा देशका लागि चाहिने जनशक्तिको रुपमा आफूलाई तयार गर्नुपर्ने बताँउदै नेपाल प्रहरी श्रीमती संघले गरेका यस्ता कार्यक्रमहरुले प्रहरी संगठनको सिर उच्च राखेकोमा संघ प्रति आभार प्रकट समेत गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्त कुमार शर्मा, वडा प्रहरी कार्यालय बगरका प्रहरी निरीक्षक बोधराज रेग्मी, नेपाल प्रहरी श्रीमती संघ गण्डकी प्रदेश पोखरा पदाधिकारीहरु, उक्त बाल सुधार गृहका वार्डेन अजय थापा, मनोविमर्शकर्ता ज्योती शर्मा साथै कानुनी अधिकृत बिशेस्वर प्रसाद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!