२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

गृहमन्त्री लेखकले प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव संसदमा पुर्‍याउने

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०२, २०८१

काठमाडौं । बताएका छन्। मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्रीले प्रहरीसम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताए।

‘केही कानुन नयाँ बनाउनुपर्ने छ। केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ। २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं। बिचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन्। अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने।

प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ। ‘प्रहरी समायोजन ऐन २०७६ छ। संघ र प्रदेशको प्रहरीबिच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौं । त्यो ऐन अनुसार प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरुको कुरा उठेको छ। नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरिवेक्षण र समन्वयको विषयमा पनि केही पुनरालोकनको आवश्यकता देखिन्छ।’

सबै कानुनहरु समसामयिक रुपमा परिमार्जन, संशोधन र पुनरालोकन गर्न आवश्यक रहेको भन्दै विधिको शासनका लागि कानुनमा स्पस्ट पर्नेमा गृहमन्त्री लेखकले जोड दिए।

नेपाल प्रहरीमा जनशक्तिको अभाव रहेको उल्लेख गर्दै उनले भने, ‘अपराध अनुसन्धान, शान्ति सुरक्षाको प्रत्याभूतिको क्षेत्रमा गर्नुपर्ने आधारभूत र अत्यावश्यक कामका लागि पनि जनशक्तिको अभाव देखा परेको छ। त्यसमा पनि दक्ष जनशक्ति छैन। तालिम दिनुपर्ने छ। निरन्तर तालिम दिने कुराको अभाव देखिएको छ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]