२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा सम्पन्न, अग्रजहरूलाई सम्मान

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २७, २०८३

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो।
कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन, नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबरबहादुर बस्नेत, समाजसेवी पदम केसीलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो। सो अवसरमा राष्ट्रसेवा र समाजसेवामा योगदान पुर्‍याएका अग्रजहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि हरिबहादुर विश्वकर्माले भूतपूर्व सैनिकहरूले राष्ट्रको सुरक्षामा पुर्‍याएको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अवकाशपछि पनि समाज र राष्ट्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले अनुशासन, इमानदारी र सेवाभाव सैनिक जीवनका महत्त्वपूर्ण गुण भएको उल्लेख गर्दै ती गुणलाई सामाजिक जीवनमा समेत निरन्तरता दिनुपर्ने धारणा राख्नुभयो।
विशिष्ट अतिथि सन्तोष थापाले सैनिक जीवनमा हासिल गरेको अनुभव, अनुशासन र नेतृत्व क्षमतालाई समाजको सकारात्मक परिवर्तनमा उपयोग गर्नुपर्ने बताउनुभयो। उहाँले भूतपूर्व सैनिकहरूबीचको एकता, आपसी सहयोग र संस्थागत सक्रियताले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने धारणा व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भूतपूर्व सैनिकहरू राष्ट्रका अनुभवी र अनुशासित नागरिक भएको उल्लेख गर्दै उहाँहरूको अनुभव नयाँ पुस्ताका लागि प्रेरणाको स्रोत बन्न सक्ने बताउनुभयो। उहाँले राष्ट्रसेवामा समर्पित व्यक्तित्वहरूको सम्मान र उनीहरूले समाजमा पुर्‍याएको योगदानको संरक्षण गर्नु सबैको साझा दायित्व भएको धारणा राख्नुभयो।
त्यसैगरी, नेपाल पूर्व प्रहरी संगठन दाङका अध्यक्ष रोबरबहादुर बस्नेत र समाजसेवी पदम केसीले भूतपूर्व सैनिकहरूको अनुभव, सामाजिक सक्रियता र संस्थागत एकताको महत्त्वबारे चर्चा गर्नुभएको थियो।
संघका उपाध्यक्ष जोखबहादुर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सचिव टेकबहादुर ओलीले संघको सांगठनिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। त्यसैगरी, कोषाध्यक्ष धनबहादुर रोकाले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा प्रस्तुत प्रतिवेदनमार्फत संघका गतिविधि, सांगठनिक अवस्था र आर्थिक पक्षबारे जानकारी गराइएको थियो।
कार्यक्रमले भूतपूर्व सैनिकहरूबीचको आपसी सद्भाव, एकता र सहकार्यलाई थप मजबुत बनाउनुका साथै अग्रजहरूको सम्मान र सामाजिक सेवामा उनीहरूको भूमिकालाई उजागर गरेको आयोजकले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]