२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

घोराहीमा सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा

Logo
Abc Sanchar प्रकाशित मंगलबार, आश्विन २७, २०८३

घोराहीमा सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा
घोराही,। दाङको घोराही उपमहानगरपालिका–१५ स्थित डिके पेट्रोल पम्प नजिकै सुजुकी स्कुटी तथा बाइकको नयाँ शोरुम सञ्चालनमा आएको छ। सफल युवा व्यवसायी रेशम केसीले सञ्चालनमा ल्याउनुभएको उक्त शोरुमको मंगलबार एक कार्यक्रमबीच औपचारिक उद्घाटन गरिएको हो।
केसीकी आमा, ससुरा, दाङ जिल्ला उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष ध्रुवकुमार गहतराज तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले संयुक्त रूपमा रिबन काटेर शोरुमको उद्घाटन गर्नुभएको थियो।
उद्घाटन कार्यक्रममा बोल्दै दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष ध्रुवकुमार गहतराजले युवा उद्यमशीलता आर्थिक विकासको महत्वपूर्ण आधार भएको बताउनुभयो। उहाँले युवाहरूले आफ्नै ठाउँमा लगानी गरेर व्यवसाय सञ्चालन गर्नु सकारात्मक कदम भएको उल्लेख गर्दै यस्ता व्यवसायले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने धारणा राख्नुभयो।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले युवाहरूले व्यवसायमार्फत रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिमा योगदान पुर्‍याउनुपर्ने बताउनुभयो। उहाँले स्थानीय स्तरमा नयाँ व्यवसायको विस्तारले उपभोक्तालाई सहज सेवा उपलब्ध गराउनुका साथै घोराहीलाई व्यावसायिक केन्द्रका रूपमा विकास गर्न सहयोग पुग्ने बताउनुभयो।
कार्यक्रममा नेपाली कांग्रेस घोराही नगर समितिका सभापति तिलक रावतले युवाहरूको व्यावसायिक सक्रियताले स्थानीय बजारको विकासमा टेवा पुग्ने धारणा राख्नुभयो। दाङ जिल्ला उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष महेन्द्र बुढाथोकीले व्यवसायको सफलताका लागि गुणस्तरीय सेवा, ग्राहकसँगको विश्वास र व्यावसायिक इमानदारी महत्वपूर्ण हुने बताउनुभयो।
युवा व्यवसायी केसीले ग्राहकको आवश्यकता र सुविधालाई प्राथमिकतामा राखेर शोरुम सञ्चालनमा ल्याइएको बताउनुभयो। उहाँले ग्राहकलाई गुणस्तरीय सवारीसाधन छनोट गर्न सहज बनाउनुका साथै बिक्रीपछिको सेवामा समेत ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
शोरुममा सुजुकी स्कुटी तथा बाइकसँगै विभिन्न आधुनिक सुविधासम्पन्न स्कुटी र मोटरसाइकल विशेष अफरसहित बिक्री वितरण भइरहेको जनाइएको छ। ग्राहकको सुविधालाई ध्यानमा राख्दै शोरुमले फाइनान्सको व्यवस्थासमेत गरेको छ। यसका साथै पुराना स्कुटी तथा मोटरसाइकल एक्सचेन्ज गरेर नयाँ सवारीसाधन खरिद गर्न सकिने सुविधा पनि उपलब्ध गराइएको छ।
स्थानीय ग्राहकलाई एउटै स्थानबाट सवारीसाधन खरिद, फाइनान्स तथा एक्सचेन्जको सुविधा उपलब्ध गराउने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको हो।
कार्यक्रमको सहजीकरण अभियन्ता डिलाराम ओलीले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]