२९ आश्विन २०८३, बिहिबार
15-10-2026 , Thu
×

दाङ ट्राफिकले अटो व्यवस्थापन पार्किङ र रुटको संयुक्त अनुगमन शुरु गरेको छ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ०२, २०८१

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा र तीनपाङ्ग्रे सवारी साधन सम्बद्ध प्रालिको संयुक्त अनुगमन टोलीले निर्धारण गरिएको पार्किङ क्षेत्रको अनुगमन गरेको हो । घोराही उपमहानगरपालिकाको बजार क्षेत्रमा रहेको वडा नं. १४ र १५ का जनप्रतिनिधिसहितको अनुगमनमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजेश शाहीले सबै अटोलाई प्रालिमा आबद्ध हुन, रुट परमिट अनुसार अटो सञ्चालन गर्न तथा तोकिएको पार्किङ र रुटमा मात्रै सञ्चालन हुन पाँच दिनको समय दिइएको जानकारी दिनुभएको थियो । उहाँले प्रालिले अटो व्यवस्थापन गर्न उक्त समय दिइएको उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममै उहाँले सवारी चालक अनुमतिपत्रलगायतका कागजात अनिवार्य बोक्न अनुरोध गर्दै पार्किङ स्थलमै पुगेर ट्राफिक चालकलाई प्रशिक्षण दिनुभएको थियो ।

घोराही उपमहानगरपालिकाले पालिका क्षेत्रभित्र अटोहरुको संख्या बढ्दै गएको र अव्यवस्थितरुपमा पार्किङ भइरहेको भन्दै पार्किङ थप गरेको थियो । पालिकाले तोकेका राजमार्ग नजिकका अटो पार्किङ स्थानको रुपमा गोग्ली पिपल बोट नजिकै, चौघेरा मन्दिर गेट, स्वास्थ्य कार्यालय अगाडि, ट्राफिकचोकदेखि पश्चिमतर्फ ट्राफिक कार्यालय छेउमा, बुद्ध हस्पिटलको पूर्वतर्फ निमा हल जाने ओरालो नेर, विपि चोकदेखि भित्र माछापुच्छ«े होटल आसपास, सहिद गेट दक्षिणतर्फ, विद्युत कार्यालय अगाडि पूर्वतर्फ– कृषि ज्ञान केन्द्र अगाडि, तुलसीपुर चोकको विद्युत कार्यालय पछाडि, बुद्धि ग्यारेजदेखि उत्तरतर्फ गोरखा हस्पिटल जाने रोडको छेउमा, रतनपुर चोकबाट उत्तर तर्फको झिंगौरा जाने चोकको छेउतिर र सर्रा चोकदेखि सौंडियार जाने बाटो छेउतर्फको स्थानमा अनुगमन गरिएको थियो । मंगलबार नै नगरको भित्री मार्गका अटो पार्किङ स्थानको रुपमा तोकिएको भरतपुर क्याम्पस जाने उकालोको पनि अनुगमन गरिएको थियो ।

५ गतेसम्म चल्ने अनुगमनमा रझेना चोक पिपलबोटनेर, महेन्द्र बहुमुखी क्याम्पसमुनि पनौरा चोकनेर, बालमन्दिर चोकको उत्तरतर्फ उद्योग वाणिज्य संघ जाने बाटोतर्फ, लखन पार्कको पश्चिमतर्फ, पुरानो बसपार्क (सभाहल नजिकै), आर्मी व्यारेक नजिकै– त्रिमुर्ति घरको पश्चिमतर्फ, गोरखा हस्पिटलको पश्चिमतर्फ, राँगा मार्केट नजिकैको समीबोट चोकनेर, डुम्मर गाउँनजिक पुल पारी पिपलबोटनेर, मितेरी हस्पिटल पूर्वउत्तरतर्फ, मालपोत कार्यालयको पूर्व दक्षिण जिल्ला प्रशासन कार्यालयदेखि तलतिर जाने बाटोको पूर्वतर्फ, १४ नम्बर वडाको स्वास्थ्य संस्था नजिकैको तीनकुने चोक, गुलरिया पार्कको पार्किङमा पनि अनुगमन गरिने घोराही, उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहन सिंह सुनाले जानकारी दिनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्व लक्षित कार्ययोजना अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके र यातायात व्यवस्था कार्यालय, बाँकेको संयुक्त आयोजनामा सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको छ। सो क्रममा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारी साधनहरुको यान्त्रिक परीक्षण (Mechanical Test) गर्नुका साथै सवारी साधनको नियमित मर्मत सम्भार गर्न सम्बन्धित […]

दाङ । घोराही चाडपर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाको नेतृत्वमा बुधबार घोराही बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। चाडपर्वका समयमा खाद्यान्न तथा उपभोग्य वस्तुको खपत बढ्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुने जोखिमलाई मध्यनजर गर्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामान उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा […]

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।