२८ आश्विन २०८३, बुधबार
14-10-2026 , Wed
×

डाक्टरको लापरबाहीले देब्रे हात भाँच्चिएर आएका बालकको दाहिने हातमा प्लास्टर

Logo
Abc Sanchar प्रकाशित बुधबार, साउन ०२, २०८१

बझाङ । तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीको भयंकर आलोचना भयो ।

भाइरल भएका ती बालक बझाङको दुर्गाथली गाउँपालिका–७, दौलाका ७ वर्षीय सुनील दौल्याल हुन् ।

आइतबार साँझ घरको ढोकानजिकै खेल्ने क्रममा लडेका सुनीललाई उनका दाइ आदेश दौल्यालले सोमबार जिल्ला अस्पताल सिमखेत पुर्याएका थिए । सोमबार दिउँसो तीन बजेतिर अस्पताल पुर्याइएका उनको एक्सरे गर्दा देब्रे हातको कुइनामा भाँच्चिएको देखियो । चिकित्कसले शल्यक्रिया गर्नु पर्ने भन्दै सुनीललाई वार्डमा भर्ना हुन लगाए ।

केही बेरमा आएका नर्सहरूले हातमा प्लास्टर गर्नुपर्ने भनेर बालकलाई अर्को कोठामा लगे । कुरुवा गएका आदेश सोही कोठाको बाहिर राखिएको कुर्सीमा बसेका थिए । प्लास्टर सकिएपछि ‘भोलि अपरेसन हुन्छ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई आदेशको जिम्मा लगाए । आदेश पनि सुनिललाई लिएर अस्पतालको क्यान्टिनमा खाना खान गए ।

‘क्यान्टिनमा पुगेपछि हेर्दा त भााच्चिएको हातमा नभई अर्को हातमा पलास्टर गरिएको रहेछ,’ आदेशले भने, ‘मैले भिडियो बनाउदै गरेको देखेपछि क्यान्टिनका कर्मचारीले डाक्टरलाई खबर गरे छन् । तुरुन्तै आएर भाइलाई भित्र लगे । पहिलाको पलास्टर फालेर फेरि अर्को हातमा लगाइदिए ।’ ‘गल्तीले अर्को हातमा पलास्टर भएछ’ भन्दै स्वास्थ्यकर्मीले सुनीललाई लिएर गएको आदेशले बताए ।

मंगलबार साँझ शल्यक्रियापछि बुधबार अस्पतालले सुनीललाई डिर्स्चाज गरेको छ । भाँच्चिएका हड्डीलाई तारको सहयोगले जोडेर शल्यक्रिया गरिएको जिल्ला अस्पताल बझाङका हाडजोर्नी विषेशज्ञ डाक्टर दीपक खड्काले बताए । प्लास्टर गर्ने क्रममा अस्पतालका कर्मचारीको कमजोरी भएको भन्दै उनले यो मानवीय त्रुटि भएको बताए । ‘प्रायः यस्तो केस मैले आफैले हेर्ने गर्थें । त्यो दिन खुट्टा भााच्चिएको अर्को गम्भीर बिरामी आएकोले म इमरजेन्सीमा जान्छु । बच्चाको हातमा सपोर्ट लगाइदिनु भनेर तल झरे । उनीहरूले अर्कै हातमा सपोर्ट लगाइदिएछन्,’ खड्काले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । चाडपर्व लक्षित कार्ययोजना अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय, बाँके र यातायात व्यवस्था कार्यालय, बाँकेको संयुक्त आयोजनामा सम्भावित सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायात सुनिश्चित गर्ने उद्देश्यले अनुगमन गरिएको छ। सो क्रममा लामो दूरीमा चल्ने ३५ वटा यात्रुवाहक सवारी साधनहरुको यान्त्रिक परीक्षण (Mechanical Test) गर्नुका साथै सवारी साधनको नियमित मर्मत सम्भार गर्न सम्बन्धित […]

दाङ । घोराही चाडपर्वलाई लक्षित गर्दै घोराही उपमहानगरपालिकाको नेतृत्वमा बुधबार घोराही बजार क्षेत्रमा संयुक्त बजार अनुगमन गरिएको छ। चाडपर्वका समयमा खाद्यान्न तथा उपभोग्य वस्तुको खपत बढ्ने र म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री हुने जोखिमलाई मध्यनजर गर्दै उपभोक्तालाई गुणस्तरीय र म्यादभित्रका सामान उपलब्ध गराउने उद्देश्यले अनुगमन गरिएको हो। घोराही उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वमा […]

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।