२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

सशस्त्र प्रहरी भालुवाङले मनायो २० औं स्थापना दिवस २ दर्जन बढी सशस्त्र प्रहरी हरूलाई सम्मान

Logo
(बिदुर एमसी) प्रकाशित बिहिबार, साउन ०३, २०८१

 

दाङ । भालुवाङ लुम्बिनी प्रदेशको राजधानी भालुवाङस्थित सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेट क्वाटर ज्वालामाई गण भालुवाङले सन्देशमूलक विविध सांस्कृतिक प्रस्तुतिहरुका साथमा आफ्नो २० औँ स्थापना दिवस भव्यरुपमा मनाएको छ । बुधबार बिहान राप्ती गाउँपालिका १, गणको परिसर भालुवाङमा कार्यक्रम सम्पन्न गरिएको हो ।

कमाण्ड पाेष्ट अर्थात् दंगा प्रहरीका रूपमा विक्रम सम्बत २०६१ सालमा स्थापना भएकाे यस गण तालिम केन्द्र हुँदै सशस्त्र प्रहरी बल ज्वालामाई गणका रूपमा स्थापना भएकाे थियाे । तत्कालिन शाही सरकारकाे पालामा सशस्त्र बिद्राेहीलाई दमन गर्ने उद्देश्यले सशस्त्र प्रहरीका रूपमा स्थापना गरिएकाे थियाे । त्यसभन्दा पहिले त्यहाँ पूर्वपश्चिम राजमार्ग निर्माण गर्ने सडक विभागको कार्यालय रहेको थियो । सडक निर्माणकार्य सम्पन्न भइसकेको हुनाले सडक विभागले नै सशस्त्र प्रहरीलाई भवन सहितको त्यो ठाउँ हस्तान्तरण गरेको थियो ।

सोही अवसरमा गणका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक एसपी रमेशकुमार थापाकाे अध्यक्षतामा सम्पन्न कार्यक्रम सशस्त्र प्रहरी बल नेपाल नं. बिन्ध्याबासिनी बाहिनी मुख्यालय रूपन्देहीका बाहिनीपति तथा सशस्त्र प्रहरी नायब महानिरीक्षक अभिकुमार खत्रीकाे प्रमुख आतिथ्यतामा स्थापना दिवस मनाइएको थियो । उक्त समारोहमा बाेल्दै प्रहरी नायब महानिरीक्षक खत्रीले सशस्त्र प्रहरीले आम नागरिकहरूले आशा गरे अनुसार कार्य सम्पादन गरेकोमा खुशी जाहेर गरेका छन् ।
सशस्त्र प्रहरीले नागरिकका थुप्रै दुखसुखमा हातेमालो गरेको, नागरिकसंग हरेक अवस्थामा सहयोग र सहकार्य गर्नेमा प्रतिबद्ध रहेकाे पनि खत्रीले दाबी गरे । महानिरीक्षक खत्रीले गण स्थापना भएदेखि लगातार अहिलेसम्म गणलाई यस अवस्थासम्म पुर्‍याउने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनहरुमा सहयाेगको अपेक्षा पनि व्यक्त गरेका छन् ।

२०औं स्थापना दिवसकाे समारोहमा विभिन्न विधाबाट उत्कृष्ट काम गर्ने एक दर्जन बढी सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी निरीक्षक केशवकुमार बुढा, सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक जनार्दन अहिर, सशस्त्र प्रहरी बरिष्ठ हवलदार रामलाल शर्मा, सशस्त्र प्रहरी हबलदार प्रमोद चौधरी, कृष्णबहादुर चौधरी, सशस्त्र प्रहरी सहायक हबलदार हरिप्रसाद पंगाली, सशस्त्र प्रहरी नायब निरीक्षक बासुदेव गौतम, सशस्त्र प्रहरी सहायक निरीक्षक झक्कुप्रसाद वली रहेका छन् । त्यस्तैगरी सम्मानित हुनेहरूमा सशस्त्र प्रहरी सहायक निरीक्षक विक्रम महताराक्षेत्री, सशस्त्र प्रहरी हवलदार रामदत्त भट्टराई, प्राबिधिक सशस्त्र प्रहरी सहायक हबलदार हिरालाल चौधरी, सशस्त्र प्रहरी सहायक हबलदार सागरध्वज मल्ल, सशस्त्र प्रहरी जवानहरू अम्मर कुँवर, नारायण पौडेल, बसन्त गिरी, गोपाल खड्का, विक्रम पुरी, यमराज पुन, बमकुमारी आले, मुगुबहादुर दर्लामी र राजन चौधरी रहेका छन् । उनीहरू प्रशंसा-पत्र सहित सम्मानित भएका थिए ।

 

त्यस्तै स्थापना दिवसकाे अवसरमा आयाेजित विभिन्न प्रतियोगिताका बिजेताहरूलाई पुरूस्कार बितरण गर्नुका साथै स्थापना दिवसकै अवसरमा आयाेजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने सशस्त्र प्रहरी अधिकृत तथा जवानहरूलाई समेत प्रमाण-पत्र प्रदान गरिएकाे थियाे । सोही समारोहमा केक पनि काटिएकाे थियाे । स्थापना दिवसकाे पूर्वसन्ध्यामा रक्तदान, विभिन्न खेलकुद कार्यक्रमका साथै निलसागर सेवा आश्रमलाई खाद्यान्न सहयाेग प्रदान गरिएकाे थियाे । साे अवसरमा सशस्त्र प्रहरीका जवानहरूले विभिन्न सांस्कृतिक प्रस्तुति समेत प्रदर्शन गरेका थिए ।

स्थापना दिवस समाराेहमा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रेखा कडेल, राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट, गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल (विश्वास), प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदी, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामबहादुर केसी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधि, विभित्र संघसंस्था तथा पत्रकारहरूकाे समेत उपस्थिति रहेकाे थियाे ।कार्यक्रमकाे सञ्चालन सशस्त्र प्रहरी सहायक निरीक्षक आकाश केसीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]