२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

बारा प्रहरीले ७८ लाख ६४ हजार बराबरको अबैध समानसहित ट्रक पक्राउ

Logo
रोशन निधी प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

बारा । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलिले मिति २०८१-०४-०४ गते अन्दाजी ०७:०० बजेको समयमा बिशेष सूचनाको आधारमा जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चौक स्थित वीरगंजबाट काठमाण्डौ तर्फ जादै गरेको ना ८ ख ७२४१ नम्बरको डिब्बे ट्रकलाई रोकी चेक जाँच गर्दा विल भरपाई भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू.७८ लाख ६४ हजार ६ सय ७७ रूपैया बराबरको ट्रकमा लोड गरेको मोबिल, कपडा, अटो पार्ट र अन्य खुद्रा समानहरू सहित ट्रक नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारामा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दधिराम नेउपानेले जानकारी गराउनु भएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]