२७ आश्विन २०८३, मंगलबार
13-10-2026 , Tue
×

काठमाडौं महानगरले न्युरोडको फुटपाथ विस्तार गर्न खोज्दा स्थानीय र सुरक्षाकर्मी बीच झडप

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, साउन ०४, २०८१

 

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको बाटोमा सडक काट्न सुरु गरेपछि स्थानीयले विरोध जनाएका हुन् ।

स्थानीयहरुसँग समन्वय नगरिएको भन्दै दिउँसो डोजर पुगेपछि प्रदर्शनकारी उग्र बन्दा केहीबेर सुरक्षाकर्मी र नगर प्रहरीसँग धकेलाधकेल भएको थियो ।

प्रदर्शनमा सहभागीले महानगरका मेयर र सम्बन्धित अधिकारी छलफल गर्न आउनुको साटो डोजर पठाएर आफूहरुमाथि दमन गर्न खोजिएको बताएका छन् । उनीहरुले कलंकी, हाँडीगाउँ लगायत सहरका थुप्रै ठाउँमा फुटपाथ विस्तारमा मेयर बालेन्द्र शाहले ध्यान नदिई न्यूरोडमा मात्रै फुटपाथ विस्तार गर्न खोजेर आफूहरुलाई पेल्न खोजिएको आरोप लगाएका छन् ।

प्रदर्शनरत बबिन महर्जनले भने, ‘मेयरले न्यूरोडमा मात्रै फुटपाथ साँघुरो देख्नुभयो । हाँडीगाउँ, कलंकीलगायत ठाउँमा फुटपाथ देख्नु भएन । यहींको मान्छेलाई मात्रै पेल्नु भएन नि !’

पैदलमार्ग विस्तारको विरोधमा वडाध्यक्षसहित स्थानीय र व्यापारीहरुले शुक्रबार बिहानैदेखि सडक प्रदर्शन जारी राखेका छन् । जुद्ध सालिकदेखि दक्षिणतर्फको धर्मपथमा पनि फुटपाथ विस्तार गर्ने तयारी महानगरको छ । स्थानीयको मागमा समर्थन जनाउँदै काठमाडौं महानगरपालिका वडा नम्बर १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जन, २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्य, २२ का अध्यक्ष चिनीकाजी महर्जन, २३ का मचाराजा महर्जन पनि सडकमा आएका छन् । स्थिति भड्किन नदिन महानगर प्रहरी र नेपाली प्रहरी बाक्लो संख्यामा तैनाथ छन् । स्थिति भड्किन नदिन महानगर प्रहरी र नेपाली प्रहरी बाक्लो संख्यामा तैनाथ छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  नेपालगञ्ज बाँके प्रहरीले जुवातासमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ। > जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएको हो। > पक्राउ परेकाहरुको साथबाट नगद र तासका बुकहरु बरामद गरिएको र उनीहरु माथि जुवा ऐन अन्तर्गत आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घोराही उपमहानगरपालिका कार्यपालिकाले फुटपाथ र सडक अतिक्रमण नगर्न सम्बन्धी सूचना दाङ । चाडपर्व नजिकिएसँगै बजार क्षेत्रमा फुटपाथ र सडक क्षेत्र अतिक्रमण गरी आम नागरिक तथा सवारी साधनको आवागमनमा अवरोध हुने गरी व्यावसायिक गतिविधि सञ्चालन गरेको पाइएको छ। यस परिस्थितिलाई मध्यनजर गर्दै घोराही उपमहानगरपालिकाले नियमित बजार व्यवस्थापन तथा आम नागरिकका लागि सडक र फुटपाथ सहजीकरण कार्यक्रम […]

दाङ, । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ दाङको ३२औँ साधारण सभा घोराहीमा भव्य रूपमा सम्पन्न भएको छ। संघका अध्यक्ष बाघ सिंह केसीको अध्यक्षता तथा १९ नम्बर बाहिनीका बाहिनीपति हरिबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा भूतपूर्व सैनिकहरूको योगदान, अनुभव र सामाजिक उत्तरदायित्वका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा ज्वालादल गणका गणपति सन्तोष थापाको विशिष्ट आतिथ्यता रहेको थियो। […]