२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

दाङमा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु

Logo
Abc Sanchar प्रकाशित सोमबार, साउन ०७, २०८१

 

दाङ । देउखुरी लमही नगरपालिका -१ नर्ती निवासी चन्द्र प्रसाद चौधरीकी १० वर्षिया छोरी स्वस्तिका चौधरी रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिएका छन् ।

आइतबार बेलुका पौने आठ बजेको समयमा स्वस्तिकाले नर्तीमा बाटो क्रस गर्ने क्रममा पश्चिमबाट पुर्व तर्फ गईरहेको लु ९५ प ८९५ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा उनी गम्भीर घाइते भएकी थिईन । गम्भीर घाइते स्वस्तिकाको लमही अस्पतालमा उपचारका क्रममा ज्यान गएको प्रहरीले बताएको छ ।

मोटरसाइकल चालक गढवा गाउँपालिका- २ महादेवा निवासी २९ वर्षिय अपिल शर्मा पनि घाइते हुनु भएको छ । शर्माको चिउडो र बायाँ हातमा चोट लागेकोले उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको छ । मोटरसाइकल प्रहरीको नियन्त्रणमा छ भने घटनाको थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]