३० बैशाख २०८३, बुधबार
13-05-2026 , Wed
×

सवारी चालक र सडक प्रयोगकर्ताको कारण सवारी दुर्घटना धेरै बाँके ट्राफिक प्रमुख सुवेदी

Logo
(सागर थापा) प्रकाशित सोमबार, साउन ०७, २०८१

 

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार उक्त दुर्घटनामध्ये अधिकांश सवारी दुर्घटना हुनुको मुख्य कारण भने लापरबाहीनै देखिएकोे छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक गोपीकृष्ण सुवेदीले मुख्यतः सवारी चालक र सडक प्रयोगकर्ताको लापरवाहीका कारण सवारी दुर्घटना हुने गरेको बताए ।

सुवेदीले भने, “जति पनि सवारी दुर्घटना भएका छन्, अधिकांश लापरवाहीकै कारण भएका छन्, धेरैजसो चालककै लापरवाहीका कारण भएका छन् भने केही दुर्घटना सडक प्रयोगकर्ताका कारण भएका छन् ।“चालकले मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा चलाउनु, जता पाए त्यतैबाट ओभर टेक गर्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने लगायतका कारणबाट अधिकांश दुर्घटना भएका छन् ।
प्रहरी निरीक्षक सुवेदीले भने, “कतिपय दुर्घटनाका कारण सडक प्रयोगकर्ता आफैँ पनि देखिएका छन्, सडक नियमको पालना नगर्ने, नजिकै जेब्रा क्रसिङ भए पनि हतारहतार गरेर जता पाए त्यतैबाट सडक क्रस गर्ने गर्दा पनि कतिपय दुर्घटना भइ ज्यान जाने गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाउनेहरु त अधिकांश मादक पदार्थ सेवन गरेर चलाएको पाइएको छ । “मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाउने, तीव्र गतिमा चलाउने, हेलमेटसमेत प्रयोग नगर्ने अनि बेहोस जस्तै भएर ठूला गाडीमा गएर ठक्कर दिने, भित्तामा ठोक्किने तथा सडक बारहरुमा ठोक्किएर धेरैको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला प्रहरी कार्यालय घोराही दाङमा प्रहरी कर्मचारी लक्षित *‘डिफेन्सिभ ड्राइभिङ’ तालिम* सम्पन्न भएको छ। *तालिमका मुख्य कुरा:* – *सहभागी*: तालुक जिल्ला प्रहरी कार्यालय घोराहीमा कार्यरत ५८ जना प्रहरी कर्मचारी। – *विषय*: “प्रहरी कर्मचारी संलग्न सवारी दुर्घटना न्यूनीकरण (Defensive Driving)”। – *प्रशिक्षक*: जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक *उपेन्द्र बहादुर बम*। *के सिकाइयो:* […]

बाँके । एसपी अंगुर जिसी* बाँकेको कमाण्ड सम्हालेपछि जिल्ला प्रहरी कार्यालयले भारतबाट अवैध रूपमा नेपाल भित्र्याइने तस्करी नियन्त्रण अभियान तीव्र बनाएको छ। *पछिल्लो कारबाही:* खुला सीमाको फाइदा उठाएर भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको *लाखौं मूल्यको प्रतिबन्धित बोइलर कुखुरा राधापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको छ। बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय बुझाइएको छ। *कारबाहीको […]

हालै सबिन प्रियासन दाइले घोराही उपमहानगरपालिका को मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको समाचार सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा व्यापक रूपमा चर्चित बन्यो। हजारौँ मानिसहरूले यस घोषणालाई सकारात्मक रूपमा स्वागत गरेका छन् भने धेरैले आशा, विश्वास र सुझाव पनि व्यक्त गरेका छन्। एउटा स्थानीय तहको नेतृत्व घोषणा यति धेरै चर्चा र जनचासोको विषय बन्नु आफैंमा […]

error: Content is protected !!