२८ कार्तिक २०८३, शनिबार
14-11-2026 , Sat
×

दाङको देउखुरीमा बसको ठक्करबाट लुम्बिनी प्रदेश कृषि मन्त्रालयका वरिष्ठ लेखा अधिकृतको मृत्यु,

Logo
Abc Sanchar प्रकाशित शुक्रबार, आश्विन २३, २०८३

 

दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको लुम्बिनी प्रदेश ०३-००१ प ८५९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

बसको ठक्करबाट मोटरसाइकल चालक केसीको शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि लमही अस्पताल पु¥याइएकोमा साँझ साढे ६ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनापछि प्रहरीले बस, बस चालक लाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । नेपालगञ्ज उपमहानगरपालिका-२ स्थित हनुमानगढीमा १०८ फिट अग्लो भगवान् हनुमानको भव्य मूर्ति निर्माण सम्पन्न भएको छ। १४ करोड ४ लाख ६३ हजार रुपैयाँ लागतमा निर्माण गरिएको यस धार्मिक संरचनाले नेपालगञ्जको धार्मिक पहिचान, पर्यटन प्रवर्द्धन तथा स्थानीय आर्थिक गतिविधिमा थप योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। हनुमानगढीमा भव्य मूर्ति निर्माण सम्पन्न भएपछि नेपालगञ्ज धार्मिक पर्यटनको […]

  घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा अवस्थित घोरदौरा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको छ। घोराही बजारदेखि करिब छ किलोमिटर उत्तरमा पर्ने पहाडी क्षेत्रमा अवस्थित घोरदौरा प्राकृतिक सौन्दर्य, शान्त वातावरण र रमणीय दृश्यका कारण पर्यटकीय केन्द्र बन्ने प्रचुर सम्भावना बोकेको ठाउँ हो। पहाडी भूगोल, स्वच्छ वातावरण र प्राकृतिक सुन्दरताले भरिपूर्ण […]

  बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका विभिन्न भलाद्मी मान्यजनहरूसँग राष्ट्रिय जनमत पार्टी बुलडोजर छाप नेपालगन्जका नेता इरफान अहमद शेषद्वारा छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपालगञ्ज उपमहानगरपालिका-८ मा सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी प्रायः सबै सहभागीहरूले आउने स्थानीय सरकारको निर्वाचनमा बुलडोजर छापलाई सघाउने प्रतिबद्धता जनाएका छन्। नेता इरफान अहमद शेष नेपालगन्ज *राष्ट्रिय जनमत पार्टी जिन्दावाद । *बुलडोजर छाप […]