२५ आश्विन २०८३, आइतबार
11-10-2026 , Sun
×

३ बुँदे सहमति पछि रोकियो काठमाडौं न्युरोडको फुटपाथ सडक विस्तारको काम

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०८, २०८१

 

काठमाडौं । महानगर २२ अध्ययन समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनेछ  हाललाई तीनबुँदे सहमतिपछि विवाद टुंगिएको छ । अध्ययन समितिले मंसिरमा रिपोर्ट बुझाउनेछ । सोहीअनुसार अगाडि बढ्छौँ ।

यस्तो छ तीनबुँदे सहमति
– फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने ।
– वडा नम्बर २२ र २३ मा निर्माणको चरणमा रहेको फुटपाथ विस्तारले पार्ने सम्भाव्य प्रभावबारे अध्ययन गर्ने ।
– महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा अध्ययन समिति बनाउने ।

न्युरोड फुटपाथ विस्तारका क्रममा उत्पन्न विवाद तीनबुँदे सहमतिपछि मिलेको छ । महानगरका मेयर बालेन्द्र साह (बालेन), उपमेयर सुनिता डंगोल र वडा नम्बर २२, २३ र २४ का जनप्रतिनिधिसहित भएको वार्ताले तीनबुँदे सहमति गरेपछि विवाद टुंगिएको हो ।

सहमतिअनुसार हाल फुटपाथ निर्माण भइसकेको वडा नम्बर २४ को फुटपाथले पार्ने पैदलयात्रु र व्यवसायीमा पार्ने सामाजिक, सांस्कृतिक, आर्थिक प्रभावबारे अध्ययन गर्ने, वडा नम्बर २२ र २३ मा फुटपाथ विस्तारले पार्ने प्रभावबारे अध्ययन गर्ने र महानगरअन्तर्गत सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीको संयोजकत्वमा अध्ययन समिति बनाउने निर्णय भएको छ । वार्तामा सहभागी वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनका अनुसार अध्ययन समितिले २ मंसिरमा प्रतिवेदन बुझाउनेछ । ‘हाललाई तीनबुँदे सहमतिपछि विवाद टुंगिएको छ । अध्ययन समितिले मंसिरमा रिपोर्ट बुझाउनेछ । सोहीअनुसार अगाडि बढ्छौँ,’ महर्जनले भने ।

समितिको संयोजकमा आयोगका उपाध्यक्ष राजभण्डारी रहनेछन् । नौ सदस्यीय समितिमा २२, २३ र २४ वडाका अध्यक्ष, फुटपाथ विस्तारबारे जानकार २२ वडाका दुईजना, २३ र २४ वडाका एक–एकजना गरी चारजना र सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्य सदस्यसचिव रहनेछन् । महर्जनका अनुसार अध्ययन समितिले चार महिनापछि अध्ययन प्रतिवेदन बुझाउने र त्यसमा छलफलपछि मात्र फुटपाथ विस्तार हुने–नहुने निर्णय हुनेछ ।

सडकलाई पैदलयात्रीमैत्री बनाउन भन्दै महानगरपालिकाले बोलपत्रमार्फत निर्माण पक्ष छनोट गरेर गत ११ जेठदेखि काम थालेको थियो । तर, डिभिजन सडक कार्यालय, काठमाडौंले आफ्नो क्षेत्राधिकारको सडक भएकाले अनुमतिविना काम नगर्न १२ जेठमा सडक डिभिजन काठमाडौंले हस्तक्षेप गरेको थियो । यसपछि काम रोक्न १३ र १६ जेठमा गरी दुईवटा पत्र पठाएको थियो । महानगरले फुटपाथ विस्तारका लागि काटेको सडकलाई कार्यालयले २१ जेठमा मर्मतसमेत गरेको थियो । जसका कारण डिभिजन कार्यालयले पठाएको पत्र अनुचित भनेर २७ जेठमा महानगरपालिकाले उच्च अदालत पाटनमा रिट दायर गरेको थियो । उच्च अदालतले फुटपाथ विस्तारका लागि बाटो खोलिदिएपछि २ साउनदेखि फेरि फुटपाथ विस्तार सुरु भएको थियो । तर, फेरि फुटपाथ विस्तारको काम जनप्रतिनिधिको नेतृत्वमा स्थानीयले विरोध गर्दै रोकेका थिए । वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले विरोधस्वरूप सोमबार सडकबाटै कार्यालयको सेवा दिएका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]