२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

रिक्त एआइजी र डिआइजी पदमा प्रतिस्पर्धा सुरु

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन ०८, २०८१

 

काठमाडौं । नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी र एकजना डीआईजीको पद रिक्त भएको छ । अर्को एक महिनापछि थप एक एआइजी र एक डिआइजीसहित ८९ जना सिनियर प्रहरी अधिकृहतहरू अवकाश हुँदैछन ।

भदौ १६ र २६ मा गरी सो संख्यामा एआइजी, डिआईजी, एसएसपी, एसपी, डिएसपी र प्रहरी निरीक्षकसहितका प्रहरी अधिकारीहरू अवकाशमा जान लागेका हुन् । तर, अहिले भने रिक्त रहेका दुईपदमा बढुवाका लागि दर्जन प्रहरी अधिकृतहरू शक्ति केन्द्रमा दौडधुप गरिरहेका छन् ।

गृहमन्त्री रमेश लेखकको सचिवालयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवलायसम्म बधाइ दिने नाममा बढुवाको माहोल मिलाउन प्रहरी अधिकारीहरूको दौडधुप चलिरहेको छ ।

आइजीपी वसन्त कुँवरका ब्याची एआईजी उमेशराज जोशी डीआईजी पोषराज पोखरेलले उमेर हदका कारण अनिवार्य अवकास पाएपछि दुई पद रिक्त हुँदा ती दुई पदमा दर्जन प्रहरी अधिकारीहरु बढुवाका लागि दौडधुप गरिरहेका छन् ।

उमेशराज जोशी असार १९ गते एआइजीबाट र पोखरेल २१ गतेबाट अनिवार्य अवकासमा गएका थिए । उनीहरूको अवकाशपछि एक एआइजीका डिआइजीहरू भरतबहादुर बोहरा, दुर्गा सिंह, रवीन्द्र केसी, रामदत्त जोशी, बुद्धिराज गुरुङ, किरण राणा, कुवेर कडायत, केदार ढकाल, विष्णुकुमार केसी, चन्द्रकुबेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलगायत प्रतिस्पर्धामा छन् ।

प्रहरी महानिरीक्षकको ब्याचीहरूकै एआइजीमा प्रतिस्पर्धा रहेको हो । भदौमा घर जाने केसीलाई एआइजी बनाउनुपर्ने एकथरीको मत रहेको छ भने अर्कोथरी शेरबहादुर देउवाको पूर्वसुरक्षा गार्ड रहेका बोहोरालाई बनाउनुपर्ने मत रहेको छ ।

साथै, गुरुङ र कडायत पनि एआइजीका बलिया दावेदार हुन् । अर्कोतर्फ रामदत्त जोशीले भएभरको शक्ति परिचालन गरिरहेका छन् । किरण राणा र दूर्गा कुँवरले पनि महिला एआइजी मिरा चौधरी अवकाश पाइसकेकाले आफूहरूको दाबी रहेको बताउदै आएका छन् ।

सरकारले सुरुमा रिक्त एआईजीमा बढुवा गरेपछि एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गर्नेछ । डिआइजीमा बढुवाका लागि हाल कार्यरत एसएसपीमा ध्रुवराज राउत, भोलाबहादुर रावल, दिल्लीराज विष्ट र गणेश चन्द सबैभन्दा सिनियर हुन् । चन्द २०६४ पुस ३० गते डीएसपीमा बढुवा भएका थिए । एसपी बढुवा हुँदा पनि उनी ब्याचीबाट छुटे ।

२०७४ साउन १९ गते एसपी बनेका चन्द एसएसपी भने २०७९ साउन ३ मा मात्रै बने । उनी आगामी मंसिर २५ गते अनिवार्य अवकासमा जानेछन् । उनकी पत्नी दूर्गा कुँवरले एआइजी दाबी गरिरहँदा उनी भने एसएसपीमै रहेका छन् । उनीहरु मध्ये एक जनाले डिआइजीमा बढुवा पाउनेछन् भने अन्यचाहि एसएसपीबाटै घर जानेछन् ।

यसैगरी एसएसपीहरू सिद्धिविक्रम शाह र उनका व्याचीहरू पनि डिआइजी बढुवाको दावेदार हुन् । उनीहरुभन्दा पछिल्लो ब्याजका एसएपीहरू दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी डिआइजीमा बढुवा भैसकेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । प्रहरीले राति भारतबाट नेपालतर्फ विभिन्न सामान तस्करी भईरहेकाे भनेर गोप्य सूचनाको आधारमा ३ लाख भन्दा बढीको समानहरु नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक पातलीका अनुसार करिब दुई लाख बढी बराबरकाे सामान बरामद गरिएको हाे । बैशाख २३ गते खजुरा गाउँपालिका वडा नम्बर – १ सैनिक क्षेत्रबाट बरामद गरिएको […]

नेपाल प्रहरीको चेतावनी: AI बाट प्रहरीहरुको पोसाकमा फोटो/भिडियो बनाए कार्वाही हुने, काठमाडौं । के भन्यो प्रहरीले नेपाल प्रहरीले कृत्रिम बुद्धिमत्ता (AI) प्रयोग गरेर प्रहरी पोसाक लगाएको फोटो वा भिडियो नबनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। *कानुनी आधार:* बिना अनुमति प्रहरी पोसाक प्रयोग गर्नु, डिजिटल रूपमा परिवर्तन गर्नु वा गलत ढंगले प्रस्तुत गर्नु *गैरकानुनी* हो। यस्तो कार्य […]

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

error: Content is protected !!