सागर थापा
दाङ । नेपाल प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा नक्साल काठमाण्डौको मिति २०८१।०४।०४ गतेको पत्रले जिल्ला प्रहरी कार्यालय बारा काज/सरुवा भई जान लाग्नु भएका प्रहरी नायब उपरीक्षक डिएसपी प्रकाश सापकोटालाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका कार्यालय
प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुबेर कडायतबाट फेरी भेटौंला कार्यक्रम सम्पन्न गर्नुका साथै बधाई तथा सफल कार्यकालको शुभकामना र सुझाव सहित उपस्थित प्रहरी कर्मचारीहरूलाई अमूल्य निर्देशन दिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।