२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

बाँकेमा हवलदारमाथी आक्रमण १८ लाख लुट्ने क्यासिनोका जिएम अर्जुन खनाल पक्राउ अरु फरार 

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन १०, २०८१

 

बाँके । लुम्बिनी प्रदेश जनपद प्रहरी प्रमुख डिआईजी कुबेर कडायत र सशस्त्र प्रहरी प्रमुख डिआईजी अभि कुमार बस्नेतले नेपालगञ्ज भ्रमण गरे लगत्तै राष्ट्रिय अनुसन्धान बिभागका कर्मचारी माथी गम्भीर कुटपिट गरि तस्करीको करिब १८ लाख रुपैया लुटिएको छ ।

मातहत प्रहरी निकायका बिभिन्न ब्यक्ती मार्फत यस अघिका केही डिआईजीहरुलाई बांकेबाट मासिक अतिरिक्त आम्दानी पु–याउने गरिएको थियो । पछील्लो पटक बांकेमा प्रहरी र प्रशासन परिवर्तन सँगै माथिल्लो निकायमा त्यस्ता अतिरिक्त आम्दानी पठाउने र पाउने बातावरण बांकेमा नबनीरहेको अवस्थामा डिआईजीद्धयको नेपालगन्जमा पालो–पालो निरिक्षण भ्रमण चलिरहको छ ।
बुधबार सांझ नेपाल–भारत सिमा नाका जमुनहामा परिचालित राष्ट्रिय अनुसन्धानका कर्मचारीले गोप्य स्रोतको आधारमा शंका लागी चेकजांच तथा सोधपुछ गर्ने क्रममा भारतबाट नेपाल तर्फ पैसा तस्करी गरि ल्याइरहेको स्रोत बिनाको लाखौ रुपैयाका बण्डल राखेको झोला बोकेको ब्यक्ती फेला पारी नियन्त्रणमा लिएर आफ्नो सम्वन्धीत माथील्लो निकायमा खबर गरे लगत्तै ति पैसा तस्करहरुको समूहले अनुसन्धानका कर्मचारीलाई अन्धाधुन्ध कुटपिट गरि नियन्त्रणमा परेको करिब १८ लाख रुपैया लुटेर उक्त समूह फरार भएको छ ।
अनुसन्धानका कर्मचारी माथी ज्यानै मार्ने उद्देश्यले अन्धाधुन्ध रुपमा भौतिक आक्रमण गरि भारतबाट तस्करी गरि ल्याईएको स्रोत बिनाको करिब १८ लाख रुपैया लिएर फरार भएको घटनाका सम्वन्धमा गरिएको संक्षिप्त अध्ययनको क्रममा संयोग वा नियती मान्नुपर्छ शान्ती सुरक्षाको जिम्मेवार निकायका प्रदेश प्रमुखहरु नै नेपालगन्ज आएकै समयमा समाजमा अशान्ती फैलाउने दादागिरि टोले डनहरुले सुरक्षा निकायकै कर्मचारीलाई गम्भिर रुपमा कुटपिट गरि १८ लाख रुपैया लुटेर भाग्ने कार्यले समाजमा अबाञ्छीत क्रियाकलाप गर्ने समूहहरुको मनोबल बढेर गएको र प्रहरी प्रशासन कमजोर हुँदै गएको पुष्टी गरेको छ ।
बिगत केही बर्ष यता नेपालगन्ज र यस वरपरका नाकाबाट नेपाल–भारत सुन, पैसा लगायत अन्य बिभिन्न बहुमुल्य बस्तु तथा समानहरु समेत तस्करी हुने गरेको बिभिन्न घटनाक्रमले उजागर गरिसकेको छ ।भारतबाट तस्करी गरि जमुनहा स्थित क्यासिनोका बोर्ड टांसेका सटर भित्र थुप्रो पारिएको पैसा । स्थानिय प्रहरी, प्रशासनसँग सेटिंगपछी क्यासिनोका नाममा सञ्चालन हुने गाढीहरुले निर्बाध रुपमा नेपालगन्ज–जमुनहा दैनिक दर्जनौ पटक ओहरदोहर गर्ने गर्दछन् ।
बिगत केही समय यता बांकेमा बिभिन्न ब्यापार ब्यवसायको नाममा तस्करी गरिएको करोडौं रुपैया बराबरको सुन तथा पैसा पक्राउ परिसकेको अवस्थामा रहेको छ ।
बुधबार पनि भारतबाट पैसा तस्करी गरेर नेपाल–भारत सिमा क्षेत्र जमूनहामा नेपालगन्जमा रहेका बिभिन्न अबैध तथा बैध क्यासिनोका बोर्डहरु टांसेर सटरहरु खोलेर अबैध दोकानहरु थाप्ने गरिएको छ ।
क्यासिनोका नाममा सिमा नाका जमुनहामा सटरमा दोकान खोल्ने र त्यहांबाट क्यासिनोका खेलाडी बोक्ने नाममा के–के हो, के–के समानहरु निर्बाध रुपमा बोक्ने कार्य सेटिंगमा निरन्तर चलिरहेको समयमा पछील्लो पटकको सेटिंगमा खचपच भएपछी बुधबार सांझको घटना घटेको स्रोतले दाबी गरेको छ ।

उक्त अपराधिक घटनापछी बांकेमा प्रहरी तथा प्रशासनले केही सक्रियता देखाएर घटना स्थलमा रहेर मुख्य अभियुक्त ब्यक्ती मध्यका नेपालगन्जको न्यूरोड स्थित क्यासिनो सञ्चालन गर्न नमिल्ने तर सम्वन्धी माथिल्लो निकायहरुसंगको सेटिंगमा कल्पत्रु होटेलमा एसएन ब्ल्यू ग्यामिंग क्लब क्यासिनोका जर्नल म्यानेजर अर्जुन खनाललाई बुधबार राती नै नियन्त्रणमा लिएको छ । घटनाका मुख्य अभियुक्त अर्जुन खनाललाई बांके प्रहरीले बुधबार राती नै पक्राउ गरिसकेको छ ।
तस्करीको नियन्त्रणमा लिईएकों रुपैया लुटने र डिउटीमा खटाईएका कर्मचारी माथी कर्तब्य ज्यान गर्ने ब्यक्तीहरुको पहिचान तथा खोजतलास र नियन्त्रण गरि समाजमा शान्ती कायम गर्ने क्रममा प्रहरी प्रशासनले सक्रियता लिन थालेपछी ति आक्रमणकारीहरुको तर्फबाट माथील्लो निकायमा गएर बिभिन्न राजनिति तथा प्रशासनिक निकायका ब्यक्तीहरु समक्ष सोर्सफोर्स लगाएर घटना सामसुम पार्ने गरि पैसाको समेत चर्को चलखेल भईरहेको समेत पाइएको छ ।
अपराधिक घटनाका सम्वन्धमा राजनितिक पार्टीका नाममा बिभिन्न नेताहरुकोमा डेलीगेसन जानेदेखि नेताहरुलाई भ्रममा पारेर दवाब दिन फोन गराउने कार्यको पनि बांके प्रहरी र प्रशासनले त्यस्ता ब्यक्तीहरुको पहिचान गरि दिईएका अनावश्य दवाबलाई सूचिकृत र अभिलेखकिरण गरिरहेको स्रोतले जनाएको छ ।
नेपालगन्जमा क्यासिनोको नाममा अनेकौ बेथितीहरु मौलाएर गएको अवस्थामा पछील्लो पटक सरकारी कर्मचारीहरु समेत कुटिन थालेपछी टोले गुण्डा र तिनका नाईकेहरुको मनोबल बृद्धि भएर थप अन्य अपराधमा समेत संलग्न हुने अवस्था सृर्जना भएको छ । हाम्रो संरचना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । घोराही उपमहानगरपालिका वडा नं. १५, ट्राफिक चोक स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङको प्राङ्गमा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ जिल्ला प्रहरी कार्यालय दाङ प्राविधिक सहयोग: नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र, घोराही दाङ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक केशव बहादुर खड्का* ज्यू, यातायात व्यवसायी, अटो व्यवसायी तथा चालकहरू, प्रहरी कर्मचारीहरू लगायतको […]

बाँके । नेपालगन्ज सदस्य पदका उम्मेदवार: सुरज बहादुर भण्डारी होटेल स्वस्तिक एवं स्वतिक कटेजका संचालक पनि हुन् किन सुरज बहादुर भण्डारीलाई भोट दिने ? गत २५ वर्षदेखि नेपालगन्जको व्यवसायमा सक्रिय भण्डारीसँग लामो अनुभव छ। व्यवसायीको समस्या, संघर्ष र सम्भावना उहाँले नजिकबाट बुझ्नुभएको छ। उहाँको प्रतिबद्धता, व्यवसायीको हकहित साना, मझौला र ठूला सबै व्यवसायीको आवाज बुलन्द […]

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले संसदीय समितिको बैठकमा आफू र प्रहरी संगठनमाथि तथ्यहीन तथा जथाभावी आरोप लगाइएको भन्दै असन्तुष्टि जनाएका छन्। सार्वजनिक निकायका बैठक तथा छलफलमा अभिव्यक्ति दिँदा संस्थागत मर्यादा र शिष्टता कायम गर्नुपर्ने उनको भनाइ छ। बुधबार प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै कार्कीले वर्षौँदेखि निष्ठापूर्वक जिम्मेवारी निर्वाह गरिरहेका […]