२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

विहानदेखि देशका अधिकांश स्थानमा भारी वर्षा : मौसम पूर्वानुमान महाशाखा

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन १३, २०८१

 

काठमाडौं । वर्षाका कारण ललितपुरको खोड्कु खोला झरुवारासी जलमापन केन्द्रमा आज बिहान जलसतह सतर्कता तह पार गरेको छ ।

जलसतह तह बढ्दो क्रममा रहेकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ । त्यस्तै, काठमाडौंको बुढानीलकण्ठ, कपन, ललितपुरको लेले, गोदावरी, टिकाथली र आसपास पछिल्लो तीन घण्टामा मध्यमदेखि भारी वर्षा भइरहेको विभागले जनाएको छ ।

धोबीखोला, विष्णुमती नदी, लेले खोला, गोदावरी खोलाको जलसतह बढ्दो क्रममा रहेको र थप बढ्न सक्ने सम्भावना रहेको जनाइएको छ ।

विभागले आज बिहान ४ः३० बजे गरेको मापनअनुसार पछिल्लो तीन घण्टामा लमजुङको बेसीसहर, खुदीबजार, कुन्चा, घारेढुंगा र धेरै स्थानमा भारी वर्षा मापन भएको जनाएको छ । ती क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि विभागले अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]