सिरहा । लहान 8 स्थित फैन्सि पसलमा ईटहरि राजस्वको छापामारि । कराेडाैकाे अबैध कपडा बरामद पसलमा शिलबन्दि । करोडभन्दा बढीको अवैध कपडा बरामद भएको छ । लहान नगरपालिका-८, गणेश चोकस्थित फैसी पसलबाट तस्करीको कपडा बरामद भएको हो । सोही स्थानका परबेज आलमले सञ्चालन गरेको फेन्सी रेडिमेड स्टोरमा राजस्व छलीका ती अवैध लत्ताकपडा बरामद भएको ईटहरी राजस्व अनुसन्धान कार्यालयका प्रमुखले जनाए ।भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको आधारमा प्रहरीको टोलि बिहीबार दिउँसो १२ बजे गोदाममा पुगेको थियो । यकिन भएपछि प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।
राजस्व अनुसन्धान कार्यालय इटहरीलाई जानकारी गराएको थियो । केहीबेरपछि राजस्व अनुसन्धान इटहरीबाट आएको टोलीले मुचुल्का उठाई गोदाम सील गरेको छ ।भारतबाट अवैध रूपमा तस्करी गरी ल्याइएका राजस्व छलीका कपडा उक्त गोदाममा रहेको सूचनाको अधारमा। प्रहरीले तत्काल गोदामलाई नियन्त्रणमा लिएको थियो ।