२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

बालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा निलम्बन परेका २ प्रहरीको निलम्बन फुकवा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन १५, २०८१

 

काठमाडौं । जिल्ला प्रहरी परिसर ललितपुरका तत्कालीन प्रहरी नायव उपरीक्षक (डीएसपी) उमेश लम्साल र तत्कालीन भौतिक योजना तथा यातायत मन्त्री प्रकाश ज्वालाका पर्सनल सेक्युरिटी अफिसर (पिएसओ) प्रहरी सहायक निरीक्षक (असई) बोधराज अधिकारीको निलम्बन फुकवा भएको हो ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले निलम्बन फुकवाका लागि कानूनले शाखाले लेखेर पठाइसकेको बताए । उनका अनुसार कानून शाखाले लेखेपछि सम्बन्धित मातहतको कार्यालयले प्रहरी अधिकारीको निलम्बन फुकुवा गर्नुपर्ने गरी नियमित कामकाजमा खटाउनुपर्ने हुन्छ ।

२०८० पुस १३ गते बालकुमारीको ईपीएस शाखाअघि पानी जहाज निर्माण क्षेत्रतर्फ भाषा परीक्षा दिएर असफल भएकाहरूले उत्पादनमुलक क्षेत्रतर्फ पनि भाषा परीक्षा दिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका थिए । सोही क्रममा गोली चल्दा अछामको चौरपाटी गाउँपालिका–१ घर भएका २१ वर्षीय वीरेन्द्र शाह र दैलेखको महाबु गाउँपालिका–६ घर भएका २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो ।

दुई जनाको ज्यान जाने गरी भएको उक्त घटनामा राम्रोसँग जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै डीएसपी लम्साल र असई दनुवारलाई निलम्बन गरिएको थियो ।

प्रहरी नियमावली २०७१ अनुसार कुनै पनि प्रहरी कर्मचारीलाई ६ महिनाभन्दा निलम्बन गर्न नमिल्ने उल्लेख छ । जसकारण उनीहरुको निलम्बन फुकुवा बाध्यकारी पनि बनेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]