पर्सा । अबैध रूपमा तस्कर हरुले भार्तिय कुखुराको चल्ला हरु भन्सार छलि चोरीपैठारी गरि कवारेनटाईन चेकजाँच नगराई नेपाल तर्फ भित्त्राई रहेको बिशेष सूचनाको आधारमा विन्दवासिनी गाउँपालिका वडा नं.३ छठीया घाट स्थित सडकखण्डमा भारतीय कुखुराको चल्ला १३ कार्टुनमा १४०० गोटा ल्याउदै गरेको अवस्थामा बिनदवासनि प्रहरी कार्यालयबाट खटी गएको प्रहरी टोलीलाई देख्नासाथ उक्त कुखुराको चल्ला छाडी तस्करहरु भागी फरार भएकोले वेवारिसे अवस्थामा फेला पारी बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सिया पर्सामा बुझाइएकोमा उल्लेखित चल्लाहरु पशु क्वारेन्टाइन चेक पोष्ट सिर्सियाद्वारा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ ।