बारा । जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ पूर्व पश्चिम राजमार्ग पिलुवा स्थित मिति २०८१-०४-१८ अन्दाजी ०८:०० बजेको समयमा हेटौडाबाट काँकरभिट्टा जाँदै गरेको मे १ ख २३२२ न.को यात्रुवाहक बसको टायरको चक्का पम्चर हुँदा बस आफै अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ९ जना मध्य ४ जना मानिसहरू घाईते भई उपचारको लागि सिमरा स्थित सरकारी अस्पताल पठाएको र चालक प्रहरीको नियन्त्रणमा रहेको छ।
घाईतेहरूको विवरण:-
१. बस कन्टेक्टर जिल्ला झापा, झापा न.पा. वडा नं.६ बस्ने अंन्दाजि वर्ष २३ को पृतम परियार टाउको र दातमा चोट अवस्था समान्य
२. जिल्ला बारा, निजगढ नगरपालिका वडा नं.६ बस्ने अं.वर्ष ७३ को जगत बहादुर भोलन हात र खुट्टामा चोट अवस्था समान्य
३. ऐ.ऐ.बस्ने अं.वर्ष ४५ की माईली माया टाउको र निधारमा चोट अवस्था मध्यम ।
४. ऐ.ऐ.वडा नं.१ सिँगौल बस्ने अंन्दाजि वर्ष ४१ को पम्मा तुलामी अवस्था समान्य ।(ब्योधा अस्पलात बीरगंज) उपचार भैरहेको छ। भने बस चालक जिल्ला झापा मेचि नगरपालिका बस्ने अन्दाजी बर्ष ४७ को शंकर दहाल लाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी प्रकाश सापकोटाले जान्कारि गराउनु भएको छ।