२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

एकासी सुनको मूल्य बढेर एक तोलाको डेढ लाख नयाँ रेकर्ड कायम

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन १९, २०८१

काठमाडौं । शुक्रबार तोलामा पाँच सय रुपियाँ वृद्धि भएर सुनको मूल्य डेढ लाखनजिक पुगेर नयाँ रेकर्ड कायम गरेको हो । गत साउन २ गते प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार आठ सय रुपियाँमा कारोबार भएर दुई साता ओरालो लागेर एक लाख ४५ हजार रुपियाँमा झरेको थियो । गत आइतबारदेखि सुनको मूल्य पुनः उकालो लाग्न थालेपछि सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । शुक्रबार प्रतितोला सुनको मूल्य एक लाख ४९ हजार नौ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेकाले त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । मध्यपूर्वमा बढ्दो तनाव, कमजोर अमेरिकी आर्थिक आँकडा र अमेरिकी फेडरल रिजर्भ बैङ्कले ब्याजदर घटाउने हल्लासँगै सुनको मूल्य बढ्न थालेको बताइएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्वअध्यक्ष तेजरत्न शाक्यले इजरायल–हमास, रुस–युक्रेनको युद्धका कारण सुनको मूल्य निरन्तर बढ्दै गएको जानकारी दिनुभयो । युद्ध, भूराजनीतिसँगै जति धेरै अस्थिरता बढ्दै गयो त्यति सुनको मूल्य बढ्ने हुँदा मूल्य निरन्तर बढ्दै जान्छ, शाक्यले भन्नुभयो । “अमेरिकी फिडरल रिर्जभ बैङ्कले ब्याजदर ०.२५ प्रतिशतदेखि ०.५० प्रतिशत घटाउने हल्लासँगै सुनको मूल्य निरन्तर उकालो लाग्दै गएको उहाँले बताउनुभयो ।

आगामी दिनमा अन्तर्राष्ट्रिय बजारमा सुनको मूूल्य थप बढ्ने देखिएकाले त्यसको प्रभाव नेपालमा समेत पर्छ । लगातार सुनको मूल्य बढ्दा उपभोक्ता र व्यवसायी मारमा परेका छन् । पछिल्लो एक सातामा बजारमा सुनको मूल्य तोलामा चार हजार दुई रुपियाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो साताको पहिलो दिन प्रतितोला एक लाख ४५ हजार सात सय रुपियाँमा कारोबार भएको सुनको मूल्य सोमबार बढेर एक लाख ४६ हजार एक सय रुपियाँमा कारोबार भएको थियो । मङ्गलबार एक सय रुपियाँ घटेर तोलामा एक लाख ४६ हजार रुपियाँमा कारोबार भएको सुनको मूल्य बुधबार एक लाख ४७ हजार आठ सय रुपियाँमा कारोबार भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]