२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

गृहमन्त्रालयले एसपी र डिएसपीको सरुवा तयारी हुँदै गर्दा सरुवा मापदण्ड पनि संशोधन गर्दै

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, साउन १९, २०८१

 

काठमाडौं । प्रहरी प्रधान कार्यालयले ‘प्रहरी कर्मचारीको सरुवा सम्बन्धि मापदण्ड २०७९’ लाई संशोधन गर्न लागेको हो ।

संशोधनमा ‘क, ख र ग’ सूचीमा राखिएका केही कार्यालयहरु हेरफेर गर्न लागिएको हो । हाल राखिएका कतिपयकार्यालयको वर्गीकरण उचित नभएको सुझावका आधारमा संशोधन गर्न लागिएको प्रहरी प्रधान कार्यालय स्रोतबताउँछ ।

सानो जनसंख्या भएको ठाउँलाई ‘क’ तथा ठूलो ठाउँलाई ख मा राखिएको छ । उदारणका लागि धरानलाई ‘ख’ तथाइटहरीलाई ‘क’ मा राखिएको छ ।

त्यस्तै, अर्घाखाँचीलाई ‘ख’ तथा प्यूठानलाई ‘क’ वर्गमा राखिएको छ । यस्ता केही कार्यालयहरुको वर्ग हेरफेर गर्नलागिएको छ ।

प्रहरीमा ठूलो संख्यामा एसपी र डिएसपीको सरुवा तयारी भइरहेको छ । गत वर्ष भदौमा इन्चार्जमा गएकाहरुको अवधिपुग्न लागेकाले नयाँ पठाउने तयारी छ ।

एसपीहरुमा कास्कीका मोहन थापा, भक्तपुरका वेद विष्ट, पूर्वी नवलपरासीका नरहरी रेग्मी, सुनसरीका विपिन रेग्मी, कपिलवस्तुका नवरत्न पौडेल, दाङका रामबहादुर केसी लगायतको अवधि पुग्न लागेको छ ।

त्यस्तै, डिएसपीतर्फ उपत्यकाका ६ वृत्तका डिएसपीको अवधि पुग्न लागेको छ ।

दरबारमार्गका गोविन्द थापा, गौशालाका केशव थेवे, बौद्धका राजु पाण्डे, बानेश्वरका शिवराज बुढाथोकी, स्वयम्भूकी पूर्णिमा चन्द, जगातीकी दिप्ती कार्की लगायतको सरुवा तयारी भइरहेको छ ।

जिल्लातर्फ संखुवासभा, खोटाङ, पर्वन, प्यूठान, कालिकोट, बझाङ लगायतका जिल्लाको अवधि पुग्न लागेको छ ।

कतिपय जिल्ला इन्चार्जहरुको ६ महिना मात्र भएकाले उनीहरुमध्ये केहीलाई कार्यसम्पादन राम्रो नभएको भनेर हटाउनेतयारी पनि भइरहेको गृह मन्त्रालय स्रोत बताउँछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]