२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्युपछि घोराही-तुलसीपुर सडकखण्ड अवरुद्ध

Logo
Abc Sanchar प्रकाशित आइतबार, साउन २०, २०८१

 

दाङ । मृतकका आफन्तले चालकलाई कारबाही र पीडितलाई क्षतिपूर्तिको माग गर्दै आज बिहानैदेखि घोराही–तुलसीपुर सडक अवरुद्ध गरेका हुन् ।

घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौंरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्यु थियो ।

घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिपरले बा ८५ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी प्रमुख रामबहादुर केसिले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते बस्नेको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । मृतकका आफन्तीले घोराही–तुलसीपुर सडकखण्डमा सवारी साधन चल्न सकेको छैन ।

प्रहरीले पश्चिम नवलपरासी निवासी टिप्पर चालक शिवबहादुर क्षेत्रीलाई नियन्त्रणमा लिएर घट्नाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । के भएको थियो:* सर्लाहीको लालबन्दी नगरपालिका अन्तर्गतका केही सामुदायिक विद्यालयमा युट्युबरहरू पठनपाठन भइरहेकै बेला विद्यालय परिसरमा प्रवेश गरेर अनावश्यक भिडियो अन्तर्वार्ता लिने गरेको गुनासो आयो। यसले शैक्षिक गतिविधिमा बाधा पुगेको विद्यालयहरूको भनाइ छ। 2266 *मेयरको वक्तव्य/नगरको धारणा:* लालबन्दी नगरपालिकाले सार्वजनिक विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएको छ। नगरले युट्युबरहरूले पठनपाठन सञ्चालन भइरहेको अवस्थामा विद्यालयभित्र पसेर शैक्षिक […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय, हलचोक काठमाडौं *कार्यक्रम विवरण:* सशस्त्र प्रहरी बलको पूर्व संगठन “पूर्ब सँघ” द्वारा आयोजित कार्यक्रममा नव नियुक्त IGP नारायण दत्त पौडेलज्यूलाई भव्य स्वागत गरियो। साथै निवर्तमान IGP श्रद्धेय राजु अर्यालज्यूलाई पनि पूर्ब सँघमा सम्मानपूर्वक स्वागत गरिएको छ। *IGP नारायण दत्त पौडेल:* नेपाल सरकारको मन्त्रिपरिषद् निर्णयबाट सशस्त्र प्रहरी बलको […]

दाङ । *कार्यक्रम विवरण:* – *आयोजक*: मुस्लिम आयोग – *विषय*: मुस्लिम समुदायको सशक्तीकरणका लागि सरोकारवालासँग अन्तर्क्रिया – *अध्यक्षता*: आयोगका का.वा. अध्यक्ष श्री महमद अलि – *प्रमुख अतिथि*: प्रतिनिधिसभा सदस्य श्री सजिदा खातुन सिद्दिकी *सहभागी:* प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, मेयर, उपमेयर, बुद्धिजीवी, पत्रकार तथा मुस्लिम समुदायका बुद्धिजीवीहरूले मन्तव्य राखेका थिए। *विशेष सम्मान:* जामे मस्जिद […]

error: Content is protected !!