२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

जिल्ला प्रहरी दाङमा महिला प्रहरीहरुसँग लैङ्गिक समानता सामाजिक नीति विषयक अन्तरक्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित सोमबार, साउन २१, २०८१

 

दाङ । सीसा नेपाल दाङको सहयोग र जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा भएको छलफलमा सिसा नेपालका अध्यक्ष साजिदा सिद्धिकीले सहजीकरण गर्नुभएको थियो ।

‘कस्तो डिउटी हो राति हुने ? समाजमा प्रश्न उठाउँछन्’– एक महिला प्रहरीले भोगाइ सुनाउँदै भन्नुभयो– ‘प्रहरीको जागिर हो जतिखेर पनि डिउटी पर्न सक्छ भन्ने बुझ्दैनन् । पुरुष प्रहरी जतिखेर काम गर्दा पनि प्रश्न उठ्दैन । महिला प्रहरीका बारेमा किन, के कसरी अनावश्यक शंका गरिन्छ । त्यो सामाजिक वातावरणले सेवा गर्ने उर्जामा निराशा महशुस हुन्छ ।’ बर्दी लगाएर फिल्डमा खटेको प्रहरीलाई लिङ्गका आधारमा फरक व्यवहार नगर्न महिला प्रहरीहरुले सुझाव दिएका थिए ।

‘अभियुक्त समात्ने क्रममा वा हुलदंगा नियन्त्रणका क्रममा प्रहरीको ज्यान गयो भने राज्यले कुनै सुविधा दिदैन’– अर्का महिला प्रहरीले भन्नुभयो– ‘सञ्चय कोषको ४० हजार र किरिया खर्च २५ हजार मात्रै पाइन्छ । आन्दोलनकारीले सुविधा पाउँछन् । सडक दुर्घटना परेकाको बिमा हुन्छ । प्रहरीको मृत्यु जनावर सरह हुने व्यवस्था ठीक भएन ।’

तलव, सुविधा भन्दा राष्ट्रको सेवामा समर्पित भएको भन्दै पेशालाई मर्यादित बनाउन महिला प्रहरीको आग्रह थियो । माथिल्ला अधिकारीको दबाब र प्रभावमा परी कुनै पनि अनुचित काम नगर्न अध्यक्ष सिद्धिकीले आग्रह गर्नुभयो । ‘माथिल्लो पदको प्रलोभनमा परेर वा धम्काएर जे भन्यो त्यही नमान्नुहोला’– सिद्धिकीले भन्नुभयो– ‘दुःख भोग्ने मैले नै हो भन्ने सोच्नुहोला ।’ उहाँले महिला प्रहरीले आत्महत्या गरेको, मानसिक विक्षिप्त भएको, पेशाबाट पलायन भएका दुःखद खबर बेला बेलामा बाहिरिने गरेको बताउनुभयो । महिला प्रहरीलाई रहरले सेवा गर्ने वातावरण बनाउनुपर्ने उहाँको भनाइ थियो ।

अहिले जिल्लामा दुईजना इन्स्पेक्टरसहित एक सय २७ जना महिला प्रहरी कार्यरत रहेको इन्स्पेक्टर शारदा उप्रेतीले बताउनुभयो । उहाँले महिला प्रहरीका समस्या सुनिदिन, सम्बन्धित निकायमा पठाइदिन र हौसला प्रदान गर्न आग्रह गर्नुभयो । छलफलले सबै महिला प्रहरी उत्साहित भएको उहाँको भनाइ थियो ।

‘हिंसा सहेर बस्नु हुँदैन’– डिएसपी रामप्रसाद तिमिल्सिनाले भन्नुभयो– ‘हामी कारवाही गर्ने निकाय हो ।’ उहाँले गुनासोरहित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभयो । ‘प्रहरीमा जागिर खान आउने महिला अरु भन्दा फरक हुन्छन्’– उहाँले भन्नुभयो– ‘महिला प्रहरी आफैमा स्ट्रङ्ग हो ।’ प्रहरीले टे«ड युनियन खोल्न र सरकारविरुद्धका आन्दोलन गर्दैन, गर्न मिल्दैन । गर्भवती महिला प्रहरीलाई घरपायक बनाउने प्रोत्साहन दिने, महिनावारीको समयमा दिइने सेवा पूर्णरुपमा लागु गरिने, साना बच्चाको हेरचाहमा ख्याल राख्ने उहॉको भनाइ थियो । गोबिन्द खड्का

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]