२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बारा प्रहरीले १२ लाख भन्दा धेरै अबैध प्याज र मोबाईलसहित ट्रक पक्राउ

Logo
रोशन निधी प्रकाशित सोमबार, साउन २१, २०८१

बारा । जिल्ला प्रहरी कार्यालय मातहत निम्न प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीले निम्न मिति र स्थानमा निम्न गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अंन्दाजि मुल्य रू. १२ लाख ३३ हजार ५ सय रूपैया बराबरको समान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बारा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सूचना अधिकारी प्रकाश सापकोटाले जानकारी गराउनु भएको छ।
१. प्रहरी ईकाइ:- ईलाका प्रहरी कार्यालय अमलेखगंज बारा ।
मिति २०८१/०४/२० गते अंन्दाजि १५:३० बजेको समयमा जिल्ला बारा, जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.२१ अमलेखगंज स्थितमा वीरगंजबाट नारायणघढ तर्फ जादै गरेको बा ३ ख ४९८६ नम्बरको यात्रुबाहक बसमा लोड गरेको अंन्दाजि मुल्य रू.७,३३,५००/- रूपैया बराबरको बिभिन्न किसिमका मोबाईलको डिस्पले ४८९ पिस नियन्त्रणमा ।
२. प्रहरी ईकाइ:- प्रहरी चौकी पथलैया बारा ।
मिति २०८१/०४/२१ गते अंन्दाजि ०१:३० बजेको समयमा जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा रौतहट बाट कास्की तर्फ जादै गरेको प्र.२-०३-००१ ख ०९५६ नम्बरको ट्रकमा लोड गरेको अंन्दाजि मुल्य रू.५,००,०००/- रूपैया बराबरको (एक ट्रक) प्याज अं.१,०००/- किलो नियन्त्रणमा ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]