पर्सा । विशेष सूचनाको आधारमा यस कार्यालय मातहतहरुबाट खटिएको प्रहरी टोलीले निम्न स्थानहरुबाट नियन्त्रणमा लिएको अ.मु.रू.६२,६७०।-( बयसट्ठी हजार छ सय सत्तरी ) बराबरको भन्सार छली चोरी पैठारी गरी ल्याएको विभिन्न किसिमका लत्ताकपडा तथा खुद्रा सामानहरु आवश्यक कारवाहीको लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाउने कार्य भैरहेको ।
पक्राउ गर्ने प्रहरी इकाईः- प्रहरी चौकी गणेश टोला पर्सा ।
मिति २०८१।०४।२१ गते अं.१०:०० बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. १६ बोखार चोक स्थित सडकखण्डबाट अं.मु.रु.१२,०००।- (बाह्र हजार) बराबरको सेन्डो भेष्ट ९० पिस नियन्त्रणमा ।
पक्राउ गर्ने प्रहरी इकाईः- प्र.चौ.गणेशटोला पर्सा ।
मिति २०८१।०४।२० गते अं.१८:४५ बजेको समयमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं.१६ रजत जयन्ती चोक स्थित सडकखण्डबाट अं.मु.रु.५०,६७०।- (पचास हजार छ सय सत्तरी) बराबरको निम्न उल्लेखित सामानहरु नियन्त्रणमा ।
निम्न:-
१. कमर बेल्ट – ५३ पिस
२. हेन्ड ब्याग पर्स – ११ पिस
३.पर्दा – १४ पिस
४.लेडिज सुट – ३ पिस
५.पास्ता – ५ किलो
६.सानो कुरकुरे – ८४ प्याकेट
७.चिनि -२५ किलोग्राम
८.राखी – २१६ पिस
९.सेप्टी पिन – १ प्याकेट
१०.जेन्स कट्टु – ९ पिस
मिति २०८०।०४।२१ गते ।