२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बेलायत गए राप्तीका वडाध्यक्ष आमाको उपचार, निर्वाचन र सन्तानलाई पढाउँदा ऋण तिर्छु भन्दै

Logo
Abc Sanchar प्रकाशित मंगलबार, साउन २२, २०८१

 

दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष चन्द्रबहादुर गुरूङ विदेश गएका छन्।

वडा सदस्यलाई कार्यवाहक दिएर गुरूङ बेलायत गएका हुन्।

वडाध्यक्ष गुरूङ पदबाट राजीनामा नै नदिई विदेश गएको गाउँपालिका अध्यक्ष प्रकाश विष्ट बताउँछन्।

‘वडाध्यक्ष विदेश जाने हल्ला सुनेपछि साउन १६ को कार्यपालिका बैठकमा उहाँलाई त्यसबारे सोधेको थिएँ। ऋण लागेको छ, घरव्यवहार मिलाउन केही समय बेलायत जान्छु भनेर भन्नुभएको थियो। तर कति समयका लागि बेलायत बस्ने हो त्यस दिन भन्नु भएन। कति ऋण छ र त्यो कसरी लाग्यो भन्ने पनि खुलाउनु भएको थिएन,’ गाउँपालिका अध्यक्ष विष्टले भने।

वडा सचिव असलेखकुमार चौधरी वडाध्यक्ष गुरूङले गत साउन १६ गते वडा सदस्य चम्फा पुनलाई कार्यवाहक तोकेको चिठी दिएको बताउँछन्। ‘चिठीका आधारमा साउन १७ देखि लागू हुने गरी वडा सदस्य पुनलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी सरेको छ,’ उनले भने।

वडाध्यक्ष गुरूङले आफू केही समय विदेश जाने र राम्रोसँग कार्यालय चलाउन भनेको उनले बताए। ‘बेलायत जान्छु र केही समय काम गरेर बस्छु पनि भन्नु भएको थियो,’ उनले भने।

चौधरीकाअनुसार वडाध्यक्ष गुरूङ साउन २० मा बेलायतका लागि उडेका थिए। उनले आफू बेलायत पुगिसकेको जानकारी पनि दिइसकेका छन्।

कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएकी पुनका अनुसार वडाध्यक्ष गुरूङले कति समय बेलायत बस्ने भन्ने कुरा खुलाएका छैनन्।

‘आफू स्वदेश नफर्कदा सम्मका लागि भनेर उहाँले कार्यवाहकको जिम्मेवारी दिनुभएको छ,’ उनले भनिन्, ‘वडाध्यक्ष केका लागि विदेश गएको हो पनि मलाई थाहा छैन, उहाँको व्यक्तिगत कुरा पनि हो त्यो।’

वडाध्यक्ष गुरूङका परिवारका सदस्यहरूले धेरै ऋण लागेको कारण विदेश जानुपरेको कुरा गर्ने गरेका छन्। आमाको उपचार गर्दा, २०७९ को स्थानीय चुनावमा उठ्दा र सन्तानलाई शिक्षादीक्षा दिँदा ऋण लागेको वडाध्यक्षको परिवारका सदस्यहरूको दाबी छ।

‘गाउँकै मानिसबाट ऋण लिएका हौं, करिब ५० लाख ऋण लागेको छ,’ वडाध्यक्षको पारिवारिक स्रोतले भन्यो, ‘जग्गाजमिन पनि नभएकोले विदेश गएर नै कमाउनुपर्ने बाध्यता आइपर्‍यो।’

वडाध्यक्ष गुरूङका दुई छोरा छन्। उनीहरू विद्यालय तहमै पढ्छन्।

वडाध्यक्ष गुरूङका बुबा निमबहादुर बेलायतका निवृत्त सेना थिए। उनको १७ वर्षअघि नै प्यूठानमा मृत्यु भइसक्यो। निमबहादुरको मृत्युपछि उनकी श्रीमती बालिकादेवीका नाममा पेन्सन पनि आउने गर्थ्यो। तर उनको गत वर्ष निधन भएको थियो।

स्रोतका अनुसार बेलायतका निवृत्त सेनाका सन्तानले रोजगारीका लागि निवेदन दिन सक्छन्। सोहीआधारमा वडाध्यक्ष गुरूङले पनि रोजगारीको लागि भन्दै निवेदन दिएका थिए।

निर्वाचनमा मतदातालाई अनेकन सपना बाँडेर कार्यकाल पूरा नगर्दै विदेश गएकोमा केहीले आलोचना पनि गरेका छन्। वडाध्यक्ष हुनुअघि गुरूङ कार्यालय सहयोगी थिए।

नेकपा (एमाले) बाट तत्कालीन वडाध्यक्ष रहेका गोकर्णबहादुर रानाले उनलाई आफ्नो कार्यालयमा सहयोगीका रूपमा राखेका थिए। कार्यालय सहयोगी गुरूङ २०७९ को चुनावमा एमालेबाट उम्मेदवार भई वडाध्यक्षमा निर्वाचित भएका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]