२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

कपिलवस्तुबाट अवैध रुपमा भित्र्याइएका २४ सय ब्रोइलर कुखुराका चल्लाहरु नष्ट

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, साउन २२, २०८१

 

कपिलवस्तु । विजयनगर वडा नम्बर- ७ गेडुवाजोतमा दुई मोटरसाइकल मार्फत् भित्र्याइएको उक्त सङ्ख्याको चल्ला सशस्त्र प्रहरीले मंगलबार बिहान बरामद गरी नष्ट गरेको हो।

बिओपी कृषण्नगरका प्रहरी नायब उपरीक्षक शैलेन्द्र न्यौपानेका अनुसार बिहान ४ बजे तस्करहरूले लु १७ प ७४७९ र ना.६ प ९९९९ नम्बरको दुई मोटरसाइकलमा ती चल्लाहरु भारतबाट लुकीछिपी भित्र्याएका थिए। सशस्त्रको टोलीलाई देखेपछि तस्करहरू मोटरसाइकल सोही ठाउँमा छाडी भागेका थिए। २० वटा कार्टुनमा रहेको उक्त चल्लाको बजार मूल्य २ लाख ४० हजार रुपैयाँ बराबर रहेको छ।

बरामद गरिएका चल्ला पशु क्वारेनटाइनका दयाराम चौधरी, पत्रकार, र स्थानीय समाजसेवीहरूको रोहवरमा नष्ट गरिएकाे थियो। चल्लाका साथै बरामद भएका दुई मोटरसाइकल भन्सार पठाइएको छ। नेपालमा कुखुराको मूल्य बढेपछि तस्करहरूले भारतीय कुखुरा र चल्ला अवैध बाटो हुँदै नेपाल भित्र्याउने गरेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

error: Content is protected !!