२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

नेपाल प्रहरीका ३ जना एआईजीको सरुवा

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

 

काठमाडौं । मंगलबार साँझ सिंह दरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं उपत्यका प्रहरी प्रमुख पनि हेरफेर गरेको हो।

यसअघि उपत्यका प्रहरी प्रमुख रहेका एआईजी दीपक थापालाई सीआईबीको जिम्मा दिइएको छ। थापा आगामी चैतमा प्रहरी महानिरीक्षक बन्ने सबैभन्दा बलिया दाबेदार हुन्। उनले नेपाल प्रहरीको निमित्त प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अमेरिका प्रस्थान गरेपछि थापाले निमित्त प्रमुख पाएका थिए।

कार्य विभाग प्रमुख एआईजी किरण बज्राचार्यलाई काठमाडौं उपत्यका प्रमुखको जिम्मा दिइएको छ। यसअघिको सरकारले सीआईबीबाट हटाएका बज्राचार्यलाई महत्वपूर्ण जिम्मेवारी दिइएको हो। उपत्यका प्रहरी कार्यालय प्रमुखका रुपमा उनले करिव ५ महिना काम गर्नेछिन्। उनी पुस १६ गते अनिवार्य अवकास हुनेछिन्।

सीआईबी प्रमुख श्यामलाल ज्ञवालीलाई प्रदेश समन्वय विभागमा सरुवा गरिएको छ। एआईजीको उमेर हदका कारण उनी आगामी भदौ २६ गते अनिवार्य अवकासमा जानेछन्। अनिवार्य अवकास हुनु एक महिना अघि मात्रै उनलाई सीआईबीबाट हटाएको हो।रामदत्त जोशीलाई कार्य विभागमा पदस्थापन गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]