२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

१० किलो लागुऔषध चरेशसहित २ जना बिरगंजबाट पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

 

पर्सा । वीरगञ्ज महानगरपालिका वडा नं.१६ शकराचार्य गेट स्थित सडकमा यस कार्यालय मातहत प्रहरी चौकी ईनर्वा पर्साबाट खटिएको चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा दुई जना नेपालबाट भारततर्फ संकाष्पदरूपमा पैदल हिंडिरहेका व्यक्तिहरुलाई रोकी चेकजाँच गर्दा निम्न नामथर वतन भएका व्यक्तीहरुलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजहरुको शरीरको तिघ्रामा कालो रङको प्लाष्टिकले बेरी बोकेको अवस्थामा र पछाडी भिर्ने कालो रङ्को झोला भित्र लुकाईछिपाई राखेको प्रतिबन्धित लागु औषध चरेश फेला परेको हुँदा लागु औषध चरेश सहित निजहरुलाई नियन्त्रणमा लिइ यस कार्यालयमा ल्याइ लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको ।
पक्राउ विवरण
१) अभियुक्त:- अनवर आलम
उमेर:- ३५ वर्ष
ठेगाना:- देश भारत पुर्वि चम्पारण रक्सौल वडा न. १ बडा परेउवा
पक्राउ मितिः- २०८१।०४।२२ गते ।
२) अभियुक्त:- ईम्तेयाज आलम
उमेर:- २२ वर्ष
ठेगाना:- देश भारत मोतिहारी पुर्वि छतौना
पक्राउ मितिः- २०८१।०४।२२ गते ।
बरामद लागु औषध चरेशः- २० पाकेट (प्रति पाकेट ५०० ग्रामको दरले) १० किलो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । राजपुर गाउँपालिका–४ मोतीपुरमा सामुदायिक वन क्षेत्रमा भएको विवादका क्रममा बञ्चरो प्रहारबाट एक जनाको मृत्यु भएको छ । स्थानीय अन्दाजी ५५ वर्षीय भोला यादवको शनिबार दिउँसो करिब १२ः४५ बजे हत्या भएको प्रहरीले जनाएको छ । प्रारम्भिक जानकारीअनुसार सोही गाउँका अन्दाजी ४० वर्षीय इश्वर हरिजन (कनवा) ले रामजानकी सामुदायिक वन क्षेत्रबाट बलाबली लिने विषयमा भएको […]

कर्णाली । सुर्खेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगर सुर्खेत *निर्देशन दिने:* कार्यालय प्रमुख प्रहरी उपरीक्षक (SP) मुकुन्द प्रसाद रिजाल *मुख्य बुँदाहरु:* 1. *समीक्षा:* कर्णाली प्रदेशका विभिन्न सडक खण्डमा रहेका अस्थायी ट्राफिक प्रहरी पोष्टका प्रमुखहरूसँग प्रदेशको समग्र सवारी दुर्घटनाको अवस्था, नागरिकमैत्री सेवा प्रवाह र ट्राफिक व्यवस्थापनमा प्रहरीको भूमिकाबारे समीक्षा भयो। 2. *निर्देशन:* […]

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

error: Content is protected !!