२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

भारतीय नोट २ लाख १९ हजार सहित एकजना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

 

पर्सा । प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ रजतजयन्ती चोक स्थित सडकखण्डमा नियमितरूपमा चेकजाँच गर्ने क्रममा भारत रक्सौलबाट संकास्पदरूपमा आउदै गरेको निम्न लिखित वतनका एक जना पुरूष व्यक्तिलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा निजले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको भारतीय प्रतिबन्धित रू.५०० दरका नोट ४३८ थान गरी जम्मा भारतीय रू.२,१९,०००।–( दुई लाख उन्नाइस हजार) फेला परेको हुँदा उल्लेखित भारतीय रुपैया बरामद तथा निजलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि मिति २०८१।०४।२२ गते वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको ।
निम्न
पक्राउ विवरण :- देश भारत पूर्वी चम्पारण बिहार जिल्ला मोतिहारी घोडासाहन बस्ने दिनानाथ प्रसादको छोरा
वर्ष २९ को अनिल कुमार ।
बरामद भारतीय प्रतिबन्धित रकम :- रू.५०० दरका नोट ४३८ थान गरी जम्मा भारतीय रू.२,१९,०००।–( दुई
लाख उन्नाइस हजार) ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]