२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

बिरगंजमा एक यात्रुलाई कुट्ने प्रहरीलाई बिभागिय कारवाही एसपी : कुमोद ढुङ्गेल

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन २३, २०८१

 

पर्सा । बैकुण्ठधाम तिर्थ पुगेर बसबाट मकवानपुरतर्फ फर्किदै गरेका एक जना यात्रुलाई घण्टाघरस्थित प्रहरीले बिनाकारण कुटपिट गरेको पिडितको भनाई छ । सोमवार साँझ तिर्थयात्राबाट फर्किदै गरेको बससँग घण्टाघर चोकमै स्कुटी ठोक्किएको थियो । स्कुटीका चालकले आफुलाई पनि केही नभएको र स्कुटी पनि केही नभएको बताउँदै गएपछि बसका चालकसँग र यात्रुसँग घण्टाघरस्थित प्रहरीले सोधखोज गरेको थियो ।
सोही क्रममा बसबाट झरेका मकवानपुरकै आशिक गढवालले घण्टाघरको तस्बिर तथा भिडियो बनाउन लागेको बसमै सवार मैयाँ श्रेष्ठले यात्रा डेलीलाई जानकारी दिइन् । उनले भिडियो बनाउँदै गर्दा प्रहरीले फोटो भिडियो किन खिचेको भन्दै डिलिट गर्न दबाब दिएको बुझीएको छ । पछि घण्टाघरस्थित प्रहरी बिटको कार्यालय भित्र लिएर बिनाकारण कुटपिट गरेको श्रेष्ठले बताइन् । उनकाअनुसार आशिकलाई कुटपिट गरेर फिर्ता पठाएपछि यात्रुहरुले उपचार नगरेसम्म नलिने अडान राखेका थिए । पछि प्रहरीले नै नारायणी अस्पताल लगेर चेकजाँच पश्चात अवस्था सामान्य रहेको भनेर कागज बनाएपछि उनीहरु फर्किएका थिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले कुटपिट गर्ने प्रहरीलाई जिल्लामा तानिएको जानकारी दिए । उनकाअनुसार विभागिय कारवाही स्वरुप स्पष्टीकरण सोध्ने लगायतका कारवाही गरिएको छ । प्रहरी उपरीक्षक ढुङ्गेलले भने घण्टाघरको फोटो भिडियो नभएर प्रहरीको भिडियो बनाएपछि डिलिट गरेको हुँदा कुटपिट गरिएको हो । यद्यपी कुटपिट गर्नु गलत भएको बताउँदै उनले जिल्लामा तानेर विभागिय कारवाही गरिएको पुष्ठि गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]