बारा । विशेष सूचनाको आधारमा प्रहरी चौकी पथलैया र मधेश प्रदेश प्रहरी कार्यालय धनुषाबाट खटिएको संयुक्त टोलीले भन्सार छलीका कपडा बरामद गरेको हो। प्रहरीद्वारा संचालित जाँच अभियानका क्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक क्षेत्रबाट एक लाख ३५ हजार रुपैंयाँ मूल्य बराबरका कपडा बरामद गरिएको छ।
बरामद कपडालाई आवश्यक कारबाहीका लागि राजश्व कार्यालय पथलैयामा बुझाइएको प्रहरीले जनाएको छ।