२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सुर्खेतमा दुर्घटना एक जनाको घटनास्थलमै मृत्यु ११ जना विद्यार्थी घाइते

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २४, २०८१

 

सुर्खेत । लेकवेशीमा नगरपालिका–३, स्थित काप्रीखोला नजिक मदन भण्डारी राजमार्गमा ट्रकले अटो रिक्सालाई ठक्कर दिँदा चालकको मृत्यु भएको छ ।

बुधबार साँझ लेकवेशी नगरपालिका–४, को दशरथपुरदेखि वडा नम्बर १ लेखफर्सा तर्फ जाँदै गरेको मधेश प्रदेश ०३००१ क २४९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको भे १ ह ६६७५ नम्बरको अटो रिक्सालाई ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट अटो चालक ४८ वर्षीय डिलबहादुर डडालीको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । घटनास्थलमा ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यस्तै, बुधबार साँझ विद्यार्थी बोकेर हिँडेको बस दुर्घटनामा परेको छ । वीरेन्द्रनगर नगरपालिका–८, स्थित इत्राम खोलामा ३२ जना विद्यार्थी बोकेर हिँडेको डिभी निकेतन स्कुलको बस खोला तर्नेक्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।

बसमा सवार ११ जना विद्यार्थी घाइते भएको छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले घाइते एक जनाको अवस्था गम्भीर रहेको बताउनुभयो । बस स्कुल बिदा भए घर फर्किँदै थियो । घाइतेको उद्धार गरी देउती अस्पतालमा पठाइएको प्रवक्ता विश्वकर्माले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]