पर्सा । सखुवाप्रसौनी गाउपालिका वडा नं. ५ सोलखपुर स्थित बिशेष सुचनाको आधारमा मिति २०८१-०४-२२ गते अन्दाजि १३:०० बजेको समयमा महुवन पर्टेवासुगौली सडक खण्डमा पर्टेवासुगौलीबाट महुवन तर्फ आउदै गरेको ना ३८ प १८२५ नम्बरको मो.सा.लाई यस कार्यालय मातहत प्रहरी चौकी महुवन पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मोटरसाईकल रोकी कानूनी रीतपुर्याई खानतलासी गर्दा मोटरसाईकल चालक जिल्ला पर्सा पर्सागढी नगरपालिका वडा नं. ७ बस्ने बर्ष ३३ को बालेश्वर प्रसाद यादवले आफ्नै शरिरमा लुकाई छिपाई राखेको लागु औषध गाँजा २.५ के.जी. र पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष ५५ को देबेन्द्र यादवले आफ्नो शरिरमा लुकाई छिपाई राखिएको लागु औषध गाँजा २.५ के.जी. गरी जम्मा लागु औषध गाँजा ५ के.जी.फेला परेको हुँदा उल्लखित परिमाणको गाँजा र निजहरूले चलाइ ल्याएको ना ३८ प १८२५ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिइ इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा ल्याइ निजहरू विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रव्क्ता एवम् सुचना अधिकारी दिपक भारतीले जानकारी गराउनु भएको छ।