२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

सर्वोच्च अदालतले युवायुवतीले शारीरिक सम्बन्ध राख्दैमा बलात्कार नहुने व्याख्या

Logo
Abc Sanchar प्रकाशित बिहिबार, साउन २४, २०८१

 

काठमाडौं । मंगलबार सर्वोच्च अदालतले २०८० चैत ७ गते बलात्कार मुद्दामा सफाइ पाएका अभिमन्यु अहिर (यादव)को मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै जबरजस्ती करणी र दोषी ठहर गर्नेबारे सैद्धान्तिक व्याख्या गरेको हो । जसमा जबरजस्ती करणीका सबै मुद्दाहरूलाई एउटै कसीमा राखी विवेचना गर्न मिल्दैन भनिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकनारायण ढुङ्गानाको संयुक्त इजलासले भारतीय सर्वोच्च अदालतको व्याख्या र यसअघि सर्वोच्चबाटै कायम भएका नजिरहरूलाई समेत उल्लेख गरी शारीरिक सम्बन्ध राख्दैमा बलात्कार नहुने व्याख्या गरेको हो ।

शारीरिक सम्पर्क राखेकै भरमा बलात्कार आरोप लगाउँदा अभियुक्तलाई गहिरो पीडा र अपमान र सम्मान तथा मर्यादामा पनि त्यत्तिकै आँच पु¥याउने अदालतको पूर्ण पाठमा भनिएको छ ।

पीडित भनिएकी व्यक्ति वा जाहेरवालाको भनाइलाई मात्र आधार मान्दा अभियुक्तले न्याय पाउनै नसक्ने कहालीलाग्दो अवस्था आउन सक्नेतर्फ सतर्कतापूर्वक विचार गर्नुपर्ने भन्दै अदालतको चिन्ता समेत जनाएको छ ।

‘केवल पीडित भनिएकी व्यक्ति वा जाहेरवालाको भनाइलाई मात्र आधार मानी निजको भनाई अन्य प्रमाणबाट समर्पित भए नभएकोतर्फ उचित ध्यान पु¥याउन नसकिएमा जबरजस्ती करणी लगायतका सामान्यतया प्रत्यक्षदर्शी साक्षीको अभाव रहने प्रकृतिका मुद्दामा कुनै पनि व्यक्तिलाई आरोप लगाइदिए पुग्ने हुँदैन’ फैसलाको पूर्ण पाठमा भनिएको छ, ‘यसले अभियुक्तले न्याय पाउनै नसक्ने कहालीलाग्दो अवस्था आउन सक्नेतर्फ न्यायकर्ताले सतर्कतापूर्वक विचार गर्नुपर्ने देखिन्छ ।’

युवतीको परिवारले जबरजस्ती करणी भएको जाहेरी दिने र युवतीलाई प्रभावमा पारि बयान गराएकै भरमा युवालाई दोषी ठहर गर्न नसकिने सर्वोच्चको व्याख्यामा उल्लेख छ ।

फैसलाको पूर्ण पाठमा थप भनिएको छ, ‘वस्तुतः कुनै पनि वारदात प्रमाणबाट स्थापित हुने हो । अन्य प्रमाणको अभावमा केवल व्यक्तिको कथनबाट मात्र वारदात स्थापित हुन सक्दैन । पीडितले अदालतमा आइ बकपत्र गरेमा अन्य प्रमाण हेर्नै नपर्ने भन्नु न्यायको रोहमा उचित हुँदैन । अन्य प्रमाणबाट समर्थित नभएको केवल पीडित भनिएकी महिलाको भनाइलाई मात्र निर्णायक प्रमाण मानी कसुर ठहर गरेमा प्रतिवादीको फौजदारी न्यायको हक सङ्कुचित हुनसक्ने खतरातर्फ न्यायकर्ताले विचार पु¥याउनुपर्ने हुन्छ ।’

के थियो घटना ?

२०७५ सालमा नवलपरासीको प्रतापपुरको त्रिभुवन उच्च माध्यमिक विद्यालयमा अध्ययनरत २२ वर्षका अभिमन्यु अहिर (यादव) र सोही विद्यालयमा अध्ययनरत वर्ष १७ कि नाम परिवर्तित २०७५ (एम) प्रेम सम्बन्ध थिए ।

प्रेमको उन्मादमा उनीहरूले सहमतिमै विभिन्न स्थानमा शारीरिक सम्बन्ध पनि राखे । यहीबिचमा उनीहरूले घरमा नभनी मनकामना घुम्नसमेत गए ।

दुवैको सल्लाहमा नै एमलाई यादवले मन्दिरमा सिन्दूर हाले । फोटो खिचाए । उनीहरू केही दिन बुटवल घुमेर घर फर्किए । यता छोरी हराएको खबर पाएपछि परिवार खोजीमा लाग्यो । खोजी गर्दा गाउँमा एउटै विद्यालयमा अध्ययनरत यादवसँग भागेको जानकारी पाए ।

घर फर्कँदा उनीहरूको स्वागत प्रहरी र अदालतले ग¥यो । युवतीका बुवाको जाहेरीले यादव (छोरीका प्रेमी) लाई बलात्कारी बनायो र उनी जेल परे ।

युवतीकी बुवाले छोरीलाई फकाएर यादवले राम्रो काम लगाइदिन्छु भनी फकाइ खजुरा खोलाको पुलमा लगेर जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । युवतीले पनि अदालतमा बुवाको दबाबमा आफूमाथि बलात्कार भएको बयान दिइन् ।

२०७५ सालमा जिल्ला अदालत नवलपरासीले यादवलाई आठ वर्ष कैद र २५ हजार जरिवाना सुनायो । त्यस विरुद्ध यादव उच्च अदालत दाङ, तुलसीपुर पुगे । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पनि २०७७ जेठ १५ मा जिल्लाको फैसला सदर ग¥यो ।

उनी अब बलात्कारी भएर जेलमा बस्न ५ वर्ष बाँकी थियो । तर, त्यस विरुद्ध यादव परिवार सर्वोच्च पुग्यो । सर्वोच्चले २०८० चैत ७ गते सबै अभियोगबाट सफाइ पाउने फैसला सुनायो । र, बलात्कार नभएको र निर्दोष भएको ठहर ग¥यो । जबकि उनले पाँच वर्ष जेलमा बिताइसकेका छन् ।

पाँच वर्ष जेल सजायपछि निर्दोष

मुद्दाको तथ्यलाई हेर्दा प्रतिवादी अभिमन्यु अहिर (यादव) ले मौकाको बयानदेखि निरन्तर रूपमा एकै बेहोराले २०७५ (एम)लाई मन्जुरीमा नै करणी गरेको भनी जिकिर लिएको देखिएको फैसलामा उल्लेख छ ।

‘पीडित भनिएकी २०७५ (एम) सँग प्रेम सम्बन्धमा रही कलेजबाट मनकामना मन्दिरको भ्रमणमा जाँदा विवाह गरेको भनी लिएको जिकिर पेस गरेको सिन्दूर हालेको फोटोबाट पुष्टि हुन आएको देखिएको उक्त फोटोलाई २०७५ (एम) तथा जाहेरवाला २०७५ (एल) ले अन्यथा भन्न नसकेको देखियो,’ फैसलाको पूर्ण पाठमा भनिएको छ ।

थप भनिएको छ, ‘२०७५ (एम)ले चिकित्सकसँग घटना विवरण बताउँदा मौकाको कागज र अदालतको बकपत्र भन्दा भिन्न र सारभूत रूपमा प्रतिवादीको बयानसँग मिल्ने गरी निजसँग भागी गएको बेहोरा लेखाएकी, प्रतिवादीले वारदातको दिन आफू विद्यालयमै रहेको सिसिटिभीबाट देखिने भनी जिकिर लिएकोमा अनुसन्धानकर्ताले सीसीटीभीको दृश्य सङ्कलन नगरेको लगायतका आधार प्रमाणबाट प्रतिवादी अभिमन्यु अहिर (यादव) र २०७५ (एम) प्रेम सम्बन्धमा रही घरबाट भागी १० (दश) दिन जति बुटवल र चितवनमा बसी घर फर्केको पुष्टि हुन्छ । पछि जाहेरवालाले बाबुको दबाबमा परी उजुरी दिएको र कसुर लाग्ने लाग्ने गरी बकपत्र गरेको सर्वोच्चको ठहर छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । नेपाल प्रहरीको प्रदेश समन्वय विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) डम्बर बहादुर वि.क.ज्यूले सुर्खेत जिल्लास्थित सुरक्षा बेस क्याम्प गुमीको स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ। *निरीक्षणका मुख्य पक्ष:* 1. *वस्तुस्थिति अनुगमन*: क्याम्पको भौतिक संरचना, जनशक्ति व्यवस्थापन, हातहतियार, सञ्चार उपकरण र लजिस्टिक अवस्थाबारे जानकारी लिनुभयो। 2. *सुरक्षा ब्रिफिङ*: क्याम्प इन्चार्जबाट क्षेत्रको शान्ति सुरक्षाको अवस्था, […]

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

error: Content is protected !!