२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सशस्त्र प्रहरीका २ जना एसपीसहित ९ जना कारबाहीमा

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, साउन २४, २०८१

 

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै दुईजना एसपी, एक डीएसपी, दुई इन्सपेक्टर, एक सई, दुई असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो ।

सशस्त्र प्रहरीका अनुसार सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गरिएको हो ।

श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय भएको सशस्त्र प्रहरीले जनाएको छ । यस्तै डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ ।

उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुने बताइएको छ । आगलागी फैलनुमा ‘सुरक्षा कमजोरी’ भएको छानबिन समितिको निष्कर्ष थियो । बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गते आगलागी भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]