२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

दाङको ग्वारखोला नजिकै बस दुर्घटनामा ३ जना घाइते

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन २६, २०८१

 

दाङ । घोराही देखि तुल्सीपुर जादै गरेको बस दुर्घटना घाइते हुनेमा बसका सहचालक घोराही उपमहानगरपालिका – १४ का २२ बर्षीय भुवन चौधरी, दंगीशरण गाउँपालिका – ५ की ६० बर्षीया प्रमी चौधरी, तुलसीपुर उपमाहनगरपालिका – १९ की रुचा कराला, तुलसीपुर – १४ की ३२ बर्षीया गीता बस्नेत घाइते भएका छन् । चालक भने फरार छन् ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घाइते सबैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पातलमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्ने रहेको पनि प्रहरीले बताएको छ ।

शुक्रबार दिउँसो १२ ः २० बजेतिर घोराहीबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ख १९५ नम्बरको बस तुलसीपुर – १९ ग्वारखोला नजिकै अनियन्त्रित भइ सडकको बाँया तर्फ पल्टिएको थियो ।

फरार चालकको खोजी भइ रहेको र सहचालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]