२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

औलोले ज्यानै गएको दाङको राजपुरको भैसाही नाकामा भेटिएनन् अरु औलोका बिरामीहरु

Logo
सागर रोका प्रकाशित शनिबार, साउन २६, २०८१

 

दाङ । देउखुरी भैसाही नाका औलोको कारण ज्यान गएको दाङको राजपुरको भैसाही नाकामा अन्य मानिस तथा बिरामीमा औलो रोग नदेखिएको स्वास्थ्यकर्मीको टोलिले जानकारी दिएका छन।

औलोको कारण राजपुर- ७ भैसाहीकि २५ वर्षीय दिलसा बुढाको नेपालगन्ज मेडिकल कलेजमा श्रावण २२ गते मृत्यु भएपछी जन स्वास्थ्य कार्यालय दाङका औलोरोग निरीक्षक कमल चन्द र राजपुर गाउपालिका स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकाय र राजपुर स्वास्थ्य केन्द्रका डाक्टर नलिना शर्मा सहितको ५ जनाको टोली २३ गते बुधबार का दिन भैसाही नाका पुगेका थिए । टोलीले शुक्रवार सम्म सामुदायिक स्वास्थ्य इकाइ भैसाहीमा स्वास्थ जाँच गर्न आएका २५ जना पुरुष र ४६ जना महिला गरि जम्मा ७१ जना विरामीमा आर.डि.टी. परिक्षण गर्दा सबैमा नेगेटिभ देखिएको थियोे ।

जनस्वास्थ्य कार्यालयका दाङका औलोरोग निरीक्षक कमल चन्दले दुई जनाको एकै प्रकृतिको लक्षण भए पनि एक जना मात्र अस्पताल गएकाले एक जनामा मात्र पुष्टि भएको भन्दै यो रोग बारे अनुसन्धान सुरु गरिएको जानकारी दिनु भएको छ । उहाँको अनुसार लाम्खुट्टेको टोकाइ बाट सर्ने यो रोग स्थानीय नै हो या आयातित हो भन्ने बारे अनुसन्धान सुरु गरेको बताउनु भयो । उहाले भन्नु भयो ‘यो भन्दा अगाडि यस क्षेत्रमा यो रोग थाहा भएको थिएन यसरी हेर्दा यो बाहिर बाट आएको हो कि भन्ने लाग्छ तर मृतकहरुको ट्राभर हिस्ट्री हेर्दा कतै बासै बस्ने गरि नगएको भेटिएको छ ।

यसरी हेर्दा स्थानीय नै हो कि ? यसका लागि हामी अनुसन्धान गर्छौं ।’ मृतक कतै नगए पनि मृतकका श्रीमान साउदी बाट हालै छुट्टीमा नेपाल आएर फर्किएकाले रोग कसरी सर्‍यो भन्नेमा दुबिधा रहेको र चाँडै पत्ता पाग्ने बताउदै बिरामी बेलैमा औषधि नपाएर मृत्यु भएको बताउनुभयो । ‘बेलैमा बिरामी औषधि पाएको भए मृत्यु हुने थिएन तर सामान्य ज्वरो रुघाखोकी जस्तै मानेर बस्दा बिरामीको दु:खद निधन भयो ।’ उहाले थप्नुभयो ।

बिरामीको मृत्यु पछि समुदाय त्रसित रहेको भन्दै उहाले सचेतना कार्यक्रम चलाउने लामखुट्टे मार्ने स्प्रे वा मच्छर झुल वितरण जस्ता कार्यक्रम बढाउने बताउनुभयो ।
औलो रोगका लागि अग्रिम तयारी सामुदायिक स्वास्थ्य इकाइमा रहे पनि बिरामी इकाइ सम्म नपुग्दा मृत्यु हुन पुगेको राजपुर स्वास्थ्य शाखा प्रमुख कमल बहादुर रोकायले बताउनुभयो ।

‘यहाँ आइपुगे पछि हामी निरन्तर चेकजाँचमा छौं अहिले सम्मको स्थिति हेर्दा भयावह स्थिति छैन तर हामी यसलाइ सामान्य रुपमा लिएका छैनौं ।’ उहाले भन्नुभयो ।

उहाँले बर्षातमा हुन सक्ने संभावित खतरा जस्तै औलो रोग झाडापखाला तथा हैजा जस्ता महामारीको पुर्व तयारी राजपुरको १२ वटै इकाइमा रहेको भन्दै अझ थप गर्ने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]