महोत्तरी । जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालको प्रमुख आतिथ्यमा मिति २०८१-०४-२५ गते दिउँसो १६:०० बजेको समयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल, सशस्त्र प्रहरी बल नेपाल नं.९ गण हे.क्वा. महोत्तरीका प्रमुख स.प्र. उपरिक्षक बिनोद के.सी., राष्ट्रिय अनुसन्धान आयोग महोत्तरीका उप निर्देशक सुदिप अधिकारी तथा स्थानिय जनप्रतिनिधि समेतको उपस्थितिमा “अल्पसंख्यकसंग प्रहरी ” नामक नव – प्रवर्तनिय कार्य” जिल्ला महोत्तरी मनरासिस्वा न.पा.वडा नं. ०३ स्थित सुनौल टोलमा रहेका मुसहर, पासवान, डोम र चमार लगायतका अल्पसंख्यक समुदायका ६० वटा घर धुरीमा पुगि महिला ५५ जना र पुरुष ५० जना गरी जम्मा १०५ जना मानिसहरुको घर वतनमा गई उक्त समुदायले भोगेका पिरमार्का तथा समस्याहरुबारे सोधपुछ गर्दा निजहरुको बालवालिकाहरु आर्थिक अभावका कारण विद्यालय जान नपाएको, उमेर पुगेका व्यक्तीहरुले नागरिक्ता समेत नपाएको र उक्त टोलमा खानेपानीको समस्या रहेको गुनासो गरेकोमा जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल र जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेलले सम्बन्धित वडाका वडा अध्यक्षलाई जानकारी गराई बालवालिकाहरुलाई विद्यालय भर्ना गर्न आवश्यक पहल तथा खानेपानी समेतको व्यवस्था गरिदिनु हुन अनुरोध गर्नु भएको साथै नागरिक्ता सम्बन्धमा उमेर पुगेका व्यक्तिहरुको सम्पुर्ण कागजात पुगेको खण्डमा प्रहरी चौकी ईटहर्वाकट्टी मार्फत यस जिल्ला प्रहरी कार्यालयलाई जानकारी गराउने र निजहरुको टोलमा खानेपानीको व्यवस्था मिलाउनमा स्थानिय जनप्रतिनिधीहरुलाई आवश्यक सहयोग-समन्वय र सहजिकरण गर्नको निमित्त निर्देशन समेत दिई अल्पसंख्यक समुदायका नागरिकहरुका समस्याहरू समाधान तर्फ जिल्ला प्रहरी कार्यालय महोत्तरी प्रतिबद्ध रहेको स्पष्ट पार्दै यस जिल्लाको समग्र शान्ति सुरक्षा र अपराध नियन्त्रणका लागी घरेलु हिंसा, बाल बिवाह, बहु-बिवाह, मदिरा सेवनबाट श्रृजित पारिवारिक समस्या लगायतका बारेमा सचेतना बाड्नु भएको, साथै अपराधरहित समाज निर्माणमा नागरिक र प्रहरी बिच प्रभावकारी समन्वय र पारस्परिक सहयोग हुनुपर्नेमा जोड दिई उक्त कार्यक्रम १८:०० बजेको समयमा कार्यक्रम समापन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।