२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

दाङबाट त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिले सुविधा युक्त एसी बस संचालनमा ल्यायो

Logo
Abc Sanchar प्रकाशित शनिबार, साउन २६, २०८१

 

दाङ । तुलसीपुर देखि काठमाण्डौका लागि ४ वटा विएस फो १२ मिटर लम्बाई भएका कस्तुरी एर बस संचालनमा ल्याएको हो ।

शुक्रबार दाङको तुलसीपुरमा बसको उद्घाटन गर्दै त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालिका अध्यक्ष सुरेश हमालले,दङ्गाली जनताको चाहाना र समयको आवश्यकता अनुसार आफुहरुले सुविधा युक्त एसी बसहरु संचालनमा ल्याएको बताउँनु भयो ।उहाँले राज्यले सडक लाई गुणस्तरीय गराउन नसकेपनि गाडी व्यवसायीहरुले जनतालाई गुणस्तरीय सेवा दिन करोडौं लगानी गर्दै आएको बताउँनु भयो ।

अध्यक्ष हमालले त्रिशिद्वेश्वरी राप्ती यातायात सेवा प्रालि पुरानो संस्था भएको नाताले समयको माग अनुसारका गाडी संचालनमा ल्याएर जनतालाई स्तरीय सेवा दिदै आएको बताउनु भयो ।उहाँले पछिल्लो समयमा यात्रुले गुणसो फोख्ने गरेको खानाको समस्या लाई तत्काल समाधान गर्ने बताउनु भएको छ ।गाडी चालकहरुले भत्ताको लागी यात्रुलाई जस्तो पायो त्यस्तो ठाउँमा खाना खुवाउने परिपाटीको अन्त्य गर्ने बताउँनु भयो । उहाँले प्रालिमा करोडौ लगानीमा नयाँ नयाँ गाडी ल्याउने सम्पुर्ण व्यवसायीहरू लाई व्यवसायी सफलताको शुभकामना दिदै यात्रुमैत्री व्यभार लागु गर्न कर्मचारी,गाडि व्यवसायी,गाडी स्टापलाई निर्देशन दिनु भएको छ।

यस्तै प्रालिका प्रवन्धक पुष्कर धितालले आफुहरुले सुविधा युक्त गाडीहरु संचालनमा ल्याएको कुरा जानकारी गराउदै बिश्वसनिय यात्राको लागी आफ्नो प्रालिलाई सम्झनुहुन सम्पुर्ण यात्रुहरूलाई अनुरोध गर्नु भएको छ ।प्रवन्धक धितालले आफुहरुले जनताको लागी देशमा मात्र नभएर छिमेकी देश भारतका बिभिन्न ठाउँमा समेत दाङ बाट सिधा गाडीहरु संचालनमा ल्याएको बताउनु भयो ।धितालले आफ्नो प्रालिले अस्वस्थ प्रतिस्पर्धा नगरेर,यात्रुलाई आरामदायी सेवा,व्यवसायीलाई लगानी सुरक्षीतको बाताबरण,कर्मचारी,चालक,परिचालक र सहचालकहरुलाई दृर्घकालिन रोजगारको व्यवस्थापनमा तल्लीन रहेको बताउनु भयो ।

गाडी उद्घाटन कार्यक्रममा संस्थाका प्रशासनिक सचिव नारायण प्रशाद न्यौपानेले आफ्नो प्रालिमा गाडीमा लगानी कर्ता सयौंको संख्यामा रहेको बताउनु भयो ।उहाँले आफ्नो प्रालिले यात्रुलाई दिने सुविधालाई अझै गुणस्तरीयता बढाउनको लागी सम्बन्धित क्षेत्रको अनुगमनमा तिब्रता दिने बताउनु भएको छ ।यात्रु बाट आएका गुनासाको समाधानमा आफुहरु कटिबद्ध भएर लागी रहेको र लागी रहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।उहाँले आज चार वटा बसको उद्घाटन गरिएको र अवको एकसाता भित्र अरु चार वटा बसको उद्घाटन गर्ने भन्दै अव आउने चारवटा बसमा महिला परिचालक राख्ने बताउनु भयो । महिला मैत्री यात्राको लागी उक्त कार्य प्रभावकारी हुने बताउनु भएको छ ।

प्रालिका प्रशासनिक सह संयोजक पृतम कुमार श्रेष्ठले अहिले आएका गाडिहरुमा एसी,सोफा सिट ,लगाएत अन्य आवश्यक सुविधाहरु रहेको बताउनु भयो ।उहाँले यात्रुको सहजताका लागी अनलाइन टिकटलाई प्रभावकारी रुपमा निरंतरता दिने बताउनु भयो । यस्तै कार्यक्रममा प्रालिका कल्याणकारी सह सचीव दिवाकर न्यौपाने,ज्ञानु केसी,लगाएत यातायात व्यवसायी,कर्मचारी सर्वसाधारणको उपस्थिति रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

पर्सा । *घटना विवरण:* *स्थान*: वीरगञ्ज महानगरपालिका–१६, भन्सार मेनगेट – *मिति*: हालै – *पक्राउ*: सशस्त्र प्रहरी बल, नेपाल *पक्राउ परेका:* 1. *सागर घिमिरे*, अन्दाजी २० वर्ष – मकवानपुर हेटौंडा उपमहानगरपालिका–११, सिमलटार 2. *पूजा जिम्बा*, अन्दाजी २३ वर्ष – सोही ठेगाना *कसरी समातिए:* भारतबाट अटोमा नेपाल प्रवेश गर्दै गरेका दुवै जनालाई भन्सार गेटमा सशस्त्र प्रहरीले कुकुरसहित […]

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

error: Content is protected !!