काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुर्खेतका लागि उडान भरेको जहाज पुनः काठमाडौं फर्किएको छ । यसअघि मौसममा आएको खराबीका कारण सुर्खेत अवतरण गर्ने अन्तिम मिनेटमा आकस्मिक सूचना जारी गरेर बुद्ध एयरको विमान नेपालगन्ज विमानस्थलमा अवतरण गरेको थियो ।
मौसमको प्रतिक्षा गरेर पनि फेरी सुर्खेत उड्न नसकेपछि विमान पुनः काठमाडौं फर्किएको हो । शनिबार बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण भएको हो । सो जहाज आज बिहान ११ः १५ बजे उडान भएको थियो ।