२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

मधेश प्रदेश सरकारका मुख्यमन्त्री सिंहले ८ जना राज्यमन्त्रीहरु लाई बर्खास्त गरे

Logo
रोशन निधी प्रकाशित मंगलबार, साउन २९, २०८१

 

जनकपुर । जम्बो मन्त्रिपरिषद् गठन गरेर विवादमा तानिएका मुख्यमन्त्री सतिश कुमार सिंहले सरकारमा रहेका ८ राज्यमन्त्रीहरु लाई बर्खास्त गरेका छ्न ।

मुख्यमन्त्री सतिश कुमार सिंहले रेखा ठाकुर, निलम कुमारी रजक, रामबाबु यादव, शम्भु साह र मोहम्मद जैद आलम, केशव राय, शारदा देवी थापा र रञ्जुकुमारी मण्डल खंग राज्यमन्त्रीमा नियुक्त गरेका थिए । जम्बो मन्त्रिपरिषद् गठन गरेसँगै सिंहको आफ्नै दल जनमत पार्टीले पनि स्पष्टीकरण सोधेको सुत्र को भनाई रहेको छ।

गठबन्धनको दबाबमा मुख्यमन्त्री सतिश कुमार सिंहले २० सदस्य मन्त्रिपरिषद् बनाएका थिए । अब मुख्यमन्त्रीसहित १२ मन्त्रीहरू मात्र रहेका छन् । मुख्यमन्त्री कार्यालयका अनुसार हालै नियुक्त भएका ८ राज्यमन्त्रीलाई बर्खास्त गर्न प्रदेश प्रमुखलाई मंगलबार पत्र पठाइसकिएको छ । केन्द्रको सत्तारुढ दलहरूको सहमति अनुसार मुख्यमन्त्री सतिश कुमार सिंहले सबै राज्यमन्त्रीहरूलाई हटाउने निर्णय गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज नेपाल सरकारले २०८३ वैशाख २१ गते राजपत्रमा सूचना प्रकाशन गर्दै बाँकेमा छोटी भन्सारको संख्या ७ बाट घटाएर १ मात्रै कायम गरेको छ। अब बाँकेमा *नरैनापुर छोटी भन्सार* मात्रै सञ्चालनमा आउनेछ। *पहिले के थियो:* सशस्त्र द्वन्द्वकालअघि बाँकेमा ७ वटा छोटी भन्सार कार्यालय थिए: 1. सुइया बघौडा 2. नरैनापुर 3. भगवानपुर 4. खडैचा 5. […]

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

error: Content is protected !!