२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

सिन्धुलीमा डिउटीबाटै ट्राफिक प्रहरीका हवल्दार भारतीयबाट अपहरणको प्रयास ५ जना पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, साउन ३०, २०८१

 

काठमाडौं । घटना गत १२ साउनमा सिन्धुली जिल्लामा भएको बताइएको छ सो दिन बेलुका करिब ८ बजेको समयमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ४ स्थित विपी राजमार्गमा पर्ने हिरापानी चेकपोष्टमा मापसे डिउटीमा खटिएको थियो। सो क्रममा हवल्दार संदिप नारायण दास खटिएका थिए।

सोही समयमा बिआर२२एइपी ७३२१ नम्बरको भारतीय कारमा पाँच भारतीय आएका थिए। उनीहरुले मादक पदार्थ सेवन गरेका थिए।

प्रहरी हवल्दारले उनीहरूलाई चेकजाँच गर्ने क्रममा विवाद भयो। त्यसपछि उनीहरूले गाडीमा हालेर हवल्दार दासलाई लगेकोमा प्रहरीले पिछा गरेर आधा किलोमीटर पर भेटाएका थिए।

अहिले पाँचै जनालाई पक्राउ गरी प्रहरीले अपहरण कसुरमा अनुसन्धान अघि बढाएको छ।

पक्राउ पर्नेहरुमा बिहारका मुकेश कुमार, दिलिप कुमार, अविनाश कुमार, रामानन्द प्रसाद र आनन्द प्रकाश छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]