२४ आश्विन २०८३, शनिबार
10-10-2026 , Sat
×

मन्त्रिपरिषद् बैठक बेलुका ५ बजे बस्दै सहसचिवको सरुवा हुन सक्ने

Logo
ABC-Sanchar प्रकाशित बिहिबार, साउन ३१, २०८१

 

काठमाडौँ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा अपराह्न पाँच बजेका लागि बैठक बोलाएका हुन् ।

बैठकले मन्त्रालयहरूबाट प्राप्त नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णयसँगै केही सरुवा तथा नियुक्ति पनि गर्न सक्ने बुझिएको छ । प्रशासन सिंहदरवार खास स्रोतका अनुसार सानो संख्यामा भए पनि सह सहसचिवको सरुवा हनु सक्ने बताइएको छ । यसअघि सयौँको संख्यामा सूची तयार गरिएको भनिए पनि आज भने दुई दर्जन जतिको हाराहारीमा सहसचिवको तयारी रहेको ती स्रोतले बताए । यो संख्यामा केही तलमाथि हुन सक्ने पनि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोत बताउँछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट बैठक बस्नु अघिसम्म प्रस्ताव पुगेको खण्डमा आजै निर्णय हुने छ । आज सरुवा सूचीमा पर्ने सहसचिवहरूमा अर्थ मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेका महत्त्वपूर्ण विभागका महानिर्देशक तथा मन्त्रालयको महत्त्वपूर्ण महाशाखा र महावाणिज्यदूतमा पठाइन लागेका सहसचिवहरूसहित अन्य केही निकायमा खटिई जानेहरूको सूची रहेको जानकारी प्राप्त भएको छ ।

यससँगै केही देशमा रिक्त महावाणिज्य दूत पनि आजै नियुक्त हुन सक्ने बुझिएको छ । सहसचिवको सरुवा सूचीसँगै महावाणिज्य दूतमा पठाउन लागिएका सहसचिवहरूको नामावलीसमेत पठाउने र आजै नियुक्त गर्ने सम्भावना रहेको ती स्रोतले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । असोज १९ गते निलम्बन गरिएका एआईजी दाहाललाई सेवाबाट हटाउने निर्णय गरेको मन्त्रालयले बताएको छ । गृहमन्त्रालयका सहसचिव एवं प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तीमा संठगनको प्रतिष्ठा एवम् छविमा आँच पुर्याउने कार्य गरेका कारण बर्खास्त गरिएको उल्लेख छ । विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर […]

  दाङ । लमही नगरपालिका-१ सुण्डबरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा घोराही उपमहानगरपालिका-१७ चौघेरा निवासी ५० वर्षीय चेतबहादुर केसी छन्। उनी लुम्बिनी प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयमा वरिष्ठ लेखा अधिकृतका रूपमा कार्यरत थिए। पूर्व-पश्चिम राजमार्गअन्तर्गत सुण्डबरीमा शुक्रबार साँझ करिब ६ बजे नेपालगञ्जबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ख ४१४८ नम्बरको […]

दाङ । घोराही शुक्रबार नोभा कलेजले बीबीए र सूचना प्रविधि (आईटी) विषयमा स्नातक तहमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गरी विषयगत प्यानल डिस्कसन कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गर्ने, व्यावसायिक क्षेत्रका चुनौती र अवसरबारे जानकारी गराउने तथा बीबीए र आईटीको ज्ञानलाई मुलुकको विकाससँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कलेजका अध्यक्ष महेन्द्र […]