२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

पर्साको भिन्न खोलाहरुबाट दिनहु गिट्टी बालुवाको खुलियाम चोरी तस्करी प्रहरी बेखबर ?

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

बिरगंज । पर्सागढी नगरपालिका अन्तर्गत रहेको कर्जनिहा र सिंङ्गाही खोलाबाट दिनहु गिट्टी बालुवाको चोरी तस्करी हुँदा समेत स्थानीय वनकर्मी र प्रहरीहरु मुकदर्शक बनेको स्थानियले आरोप लगाएका छन् ।

सव-डभिजन वन कार्यालय बडनिहार र सो मातहतका छतवनटाडि, मनवा वन कार्यालय र बडनिहार प्रहरी चौकी, मनवा प्रहरी चौकीहरुकै अगाडिबाट गिट्टी बालुवा ओसारपसार भईरहँदा पनि उनीहरु एकसुको नबोल्नु भनेको पैसाले मुख बन्द भएको हुनसक्ने स्थानियले अनुमान गरेका छन् । असारको १ गते देखि बन्द भएका खोलाहरु पालिकाले ठेक्का नलगाउँदा प्रहरी र वनकर्मीहरुलाई कमाई खाने भाँडो भएको स्थानियले बताएका छन् ।

उनीहरु भन्छन्, “आर्थिक प्रलोभनमा परेर प्रहरी र वनकर्मीहरुले नै ट्रेक्टरलाई छुट दिई गिटीबालुवाको तस्करी बढाएका छन् ।”कर्जनिया र सिङ्गाही खोलाबाट चोरी तस्करी गरि ल्याइएका गिट्टी, बालुवा अहिले पर्सागढि, बहुदरमाई नगरपालिकासँगै वीरगञ्जका विभिन्न ठाउँसम्म बेच्न पुगिरहेको छ । स्थानियले भन्छन्, “चोरी तस्करिको गिट्टी बालुवा चर्को मुल्यमा समेत विक्री भईरहेको छ ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नगर प्रहरी स्थानीय तहको आवश्यकता हो। नगरको सरसफाइ, बजार व्यवस्थापन, सार्वजनिक सम्पत्तिको संरक्षण, अतिक्रमण नियन्त्रण तथा स्थानीय कानून कार्यान्वयनमा उसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छ। तर स्थानीय तहको अधिकार विस्तार हुँदै जाँदा नगर प्रहरीलाई नेपाल प्रहरीकै समानान्तर संरचना बनाउने प्रवृत्ति भने गम्भीर प्रश्नको विषय बनेको छ। नगर प्रहरीका प्रमुखदेखि जवानसम्म नेपाल प्रहरीसँग मिल्दोजुल्दो […]

दाङ । नेपाल सम्भावनाले भरिएको मुलुक हो। प्राकृतिक स्रोत, उर्वर भूमि, जलस्रोत, वनजंगल, पर्यटन, श्रमशक्ति र विविधतापूर्ण संस्कृतिका कारण नेपालले आफ्नै स्रोत र साधनको सदुपयोग गरेर आर्थिक रूपमा बलियो बन्ने पर्याप्त आधार राख्छ। तर विडम्बना के छ भने हामीले उपलब्ध स्रोतको प्रभावकारी उपयोग गर्न नसक्दा दैनिक उपभोग्य वस्तुदेखि प्रविधि र श्रमसम्मका लागि बाह्य मुलुकमा निर्भर […]

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]