२६ बैशाख २०८३, शनिबार
09-05-2026 , Sat
×

नेपालगन्जका जय माता दी ज्वलर्सका बिनोद कुमार सोनीले सेटिंगमा नेपाली नागरिकता प्रहरीको छानबीन

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

बाँके । नेपालगञ्ज न्यूरोड स्थित जय माता दी ज्वलर्सका बिनोद कुमार सोनीले सेटिंगमा कृते जन्म दर्ता एवम सिफारिस गरी नेपाली नागरिकता लिएर सामाजिक अपराधमा संलग्न भएको बिषय उजागर भएपछी स्थानिय प्रशासन र प्रहरीले एकसाथ छानबीन एवम न्यायिक कार्बाही प्रक्रिया अगाढी बढाएका छन ।

भारत बहाराइच बाबागञ्जको नवाबगञ्ज रोड चर्दा गाउंका बिनोद कुमार सोनी बिक्रम सम्वत २०२८ साल माघ २८ गते जन्मेकोमा निजले नेपालगञ्ज वडानम्बर ९ एकलैनीमा मै जन्मेको भनी ततकालिन वडा सचिव प्रमोद शर्मासंगको मिलेमतोमा जन्मसिद्धको आधारमा नागरिकता प्राप्त गर्ने कागजात कृते गरि बिक्रम सम्वत २०६३ साल फागुन ३ गते जिल्ला प्रशासन कार्यालय बांकेबाट खटिएको जिल्ला शिक्षा कार्यालय बांकेका बिनि डबल बिसिको टोलीबाट नेपाली नागरिकता लिएको देखिन्छ ।

नेपालगञ्जमा जन्मसिद्धको आधारमा भारतमा अपराध गरि यतै लुकेर बसेका वा रोजगारीका लागी आएका ब्यक्तीहरुले आर्थिक चलखेल गरि नेपाली नागरिकता हात पारेका बिषयमा बेलाबखत चर्चा हुने गरेकोमा पछील्लो पटक बिनोद कुमार सोनीका बाबुछोरा बिशेष गरि पैसा तस्करीका घटनाहरुमा पक्राउ पर्ने छुटने बारम्बार दोहरीन थालेपछी निजका बिषयमा गरिएको संक्षिप्त अनुसन्धानमा निजले नेपाल र भारतको दोहरो नागरिकता लिएर दुबै देश तर्फ बिशेष गरेर आर्थिक अपराधमा संलग्न रहेको घटनाहरु उजागर हुदै आएका थिए ।

नेपालमा जन्म भएका ब्यक्तीहरुलाई नेपाली नागरिकता दिने भनी बिक्रम सम्वत २०६३ मा बाबुराम भटराईको नेतृत्वमा रहेको सरकारले निर्णय गरि जन्मसिद्धको आधारमा नागरिकता बितरण गर्ने काम भएको थियो ।

जन्मसिद्धको नागरिकता बितरण गर्दा वडा कार्यालयबाट जन्म दर्ताको प्रमाण पत्र र स्थानिय ५ जनाले सिफारिस गरे जो कोहीले नेपाली नागरिकता प्राप्त गर्ने प्रावधान रहेको समयमा नेपालगञ्ज वडानम्बर ९ का ततकालिन वडा सचिव प्रमोद शर्मा समेतको मिलेमतोमा बाबु/आमा दाई नातेदार सबै उतै रहेका ब्यक्ती नेपालमा जन्मेको कृतिम कागजात खडा गरि नेपाली नागरिकता लिएको र अपराध जगतमा समाबेश भएर करोडों अकुत सम्पती जोडेको बिषय मिडिया मार्फत सार्वजनिक भएपछी राज्यका निकायहरु छानबिनमा आउन थालेका हुन ।

घटना सार्वजनिक भए लगत्तै जिल्ला प्रशासन कार्यालय बांकेले घटनाका बिषयमा निबेदन दर्ता गरि घटनामा संलग्न ब्यक्तीहरुका सबै बिषयमा छानबीन अगाढी बढाउन निजहरुलाई पक्राउ गरि प्रशासनमा उपस्थित गराउन जिल्ला प्रहरी कार्यालय बांकेलाई परिपत्र गरेको छ । जिल्ला प्रहरी कार्यालय बांकेले पनि बिनोद कुमार सोनी र निजका बिशाल सोनीको नागरिकता लिएको बिषयमा निवेदन दर्ता गरि छानबीन सुरु गरेको छ ।

छानबीनको क्रममा बिनोल सोनीले जन्मसिद्धको आधारमा बांके प्रशासनबाट जारी भएको नागरिकताको अनुसूचि अर्थात नागरिकता लिदा संलग्न गरिएका कागजातहरुको फोटो कपी र नागरिताको फोटो कपी मंगलबार नै एक पत्र लेखी अनुसन्धानमा सहयोग गर्न पत्राचार गरिसकेको छ ।

बांकेमा बारम्बार जन्मसिद्धका आधारमा नेपाली नागरिकता बितरण गर्दा गैर नेपालीले नागरिकता अर्थात नेपालमा जन्म नभएको ब्यक्तीले नेपाली नागरिता बितरण गरेको बिषयमा गम्भीररुपमा उठने गरेकोमा केही नागरिकता खारेजी गरि बिषयबस्तु सामसुम हुनेगरेकोमा यसपटकको बांकेको प्रशासनिक टिलमे जिल्ला प्रशासनमा एउटा टिम नै खडा गरेर छानबीन गर्ने गरि अगाढी बढी रहेको बांकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रशाद रिजालले बताउनु भएको छ ।

उता पैसा तस्करी घटनामा बारम्बार प्रहरीले पक्राउ गरि काबौही लागी राजश्व अनुसन्धान कार्यालय काठमाण्डौं र कोहलपुर पु–याएपनी निजहरु छुटने अनि फेरी त्यही कार्य गर्ने घटनाका सम्वन्धमा अन्य सम्वन्धीत निकायहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि निवेदन दर्ता गरि छानबीन गरेर अगाढी बढनुपर्ने देखिन्छ भने निज बिनोद कुमार सोनीले सुन पसलको नाममा अबैध कारोबारबाट करोडौं अकुत सम्पती कमाएर केही नेपाल मै र केही भारत तर्फ लैजाने गरेको बिषयमा सम्पती सुद्धिकरण बिभागले पनि यि र यस्ता घटनाहरुका बिषयमा छानबी नगरि नियमन एवम कार्बाही गर्नुपर्ने देखिन्छ ।
हाम्रो समरचना

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (AIG) तथा प्रदेश समन्वय विभाग प्रमुख डम्बर बहादुर वि.क. नेपालगन्जको जमुनाह नाका स्थित भन्सारको यात्रु शाखा र एकीकृत जाँच चौकी (ICP) को समस्याबारे बुझ्न स्थलगत निरीक्षणमा पुग्नुभएको छ। *निरीक्षणको उद्देश्य:* 1. *यात्रु शाखाको अवस्था*: भारतबाट दैनिक हजारौं यात्रु भित्रिने जमुनाह नाकामा यात्रु शाखामा भीड व्यवस्थापन, चेकजाँच प्रक्रिया, भन्सार छुटको […]

दाङ । लमही *यात्रु घट्नुका मुख्य कारण:* 1. *अटो/ई-रिक्साको बिगबिगी*: घोराही, तुलसीपुर, लमही जस्ता बजारमा ब्याट्रीबाट चल्ने ई-रिक्सा र अटो सस्तो, छिटो र आरामदायी छ। २० रुपैयाँमा रिक्साले लैजाने ठाउँ अटोले १०-१५ मिनेटमै पुर्‍याउँछ। 2. *मोटरसाइकल/स्कुटर*: धेरै घरमा आफ्नै बाइक/स्कुटी भएपछि १-२ किमि दूरीका लागि रिक्सा कुर्नुपर्ने बाध्यता हट्यो। 3. *सडक र गति*: मुख्य सडक […]

दाङ । घोराही *स्थान*: जिल्ला प्रशासन कार्यालय, दाङ *अध्यक्षता*: प्रमुख जिल्ला अधिकारी श्री विश्व प्रकाश अर्याल *उपस्थिति*: – प्रहरी नायव उपरीक्षक रेशम वोहरा, जिल्ला प्रहरी कार्यालय दाङ – प्रहरी निरीक्षक उपेन्दर बहादुर बम – जिल्लामा संचालित यात्रुवाहक सार्वजनिक यातायात प्रा.लीका पदाधिकारीहरू *छलफल तथा निर्णयका मुख्य बुँदा:* 1. *भाडामा छुट*: विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमता […]

error: Content is protected !!