बारा । प्रहरी चौकि पथ्लैया बारा बाट प्र.ब.ना.नि. नरेश बहादुर शाहिकाे कमान्डमा खटिएको प्रहरी टोलीले जिल्ला बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चौक स्थित मिति २०८१-०४-३० गते राति अन्दाजी २३:३५ बजेको समयमा बिरगंज बाट बान्के तर्फ जान्दैगरेको ना ४ख-५४०६ नम्बरको ट्रकलाई रोकि चेक जाच गर्दा बिलबिजक भन्दा बढी सामानको श्रोत खुलाउन नसकेको अन्दाजी मुल्य रु.६३ लाख ५३ हजार ३ सय ८९ रुपैयाँ बराबरको मोबिल,हाडवेयर,कपडा,प्लास्टिक ,औसधि किराना आईटम लगायत अन्य खुद्रा सामान हरु सहित ट्रक नियन्त्रणमा लिई आवस्यक कार्वाहीको लागि आन्तरिक राजस्व कार्यालय पथलैया बारामा पठाएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी प्रकाश सापाकोटाले जानकारी गराउनु भएको छ।