२३ आश्विन २०८३, शुक्रबार
09-10-2026 , Fri
×

सशस्त्र प्रहरी बिओपी बरैनिया बाराले अवैध भन्सार छलेको कपडा र मोटरसाइकल पक्राउ

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, साउन ३२, २०८१

 

बारा । उक्त सामानहरू सशस्त्र प्रहरी निरीक्षक प्रकाश आचार्यको नेतृत्वमा रहेको टोलीले फेटा गाउँपालिका वडा नम्बर १, राजवटिया गाउँबाट बरामद गरेको हो।

भारतबाट अवैध रूपमा ल्याइएको भारतीय नम्बर प्लेटको हिरो कम्पनीको मोटरसाइकलको प्रयोग गरी कपडा ल्याइँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्ति फरार भएको थियो। सशस्त्र प्रहरी निरीक्षक सविन खड्काको कमाण्डमा खटिएको १र३ को टोलीले मोटरसाइकल र कपडा सोहि स्थानमा छाडिएको अवस्थामा फेला पारेको हो।

बरामद सामग्रीहरूमा १ लाख ५० हजार रुपैयाँ बराबरको मोटरसाइकल, २० थान कुर्ता सुरवाल (मूल्य २० हजार), ९ थान साडी (मूल्य ९ हजार), तथा ७० मिटर लाउजको कपडा (मूल्य २१ हजार) गरी कुल २ लाख रुपैयाँ बराबरको सामान समावेश छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघद्वारा अपाङ्गता भएका व्यक्तिहरुका लागि डिजिटल एक्सेसिबिलिटी ट्रेनिङ प्रोग्राम सम्पन्न *काठमाडौं । राष्ट्रिय अपाङ्ग मानव अधिकार सरोकार संघले अपाङ्गता भएका व्यक्तिहरुलाई लक्षित गरी डिजिटल एक्सेसिबिलिटी सम्बन्धी तालिम कार्यक्रम सञ्चालन गरेको छ। संघका अनुसार तालिममा अपाङ्गता भएका व्यक्तिहरुलाई डिजिटल सामग्री निर्माण, ब्लग लेखन, भिडियो रेकर्डिङ, भिडियो एडिटिङ र सामाजिक सञ्जालमा पहुँचयुक्त […]

  *काठमाडौं । ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन जुवा र क्रिप्टो (अभौतिक मुद्रा) कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीका अनुसार आरोपितले घर भाडामा लिएर विभिन्न बेटिङ एप / साइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने र हारजितको रकम भारतका विभिन्न बैंक खाता र क्रिप्टो वालेट मार्फत Deposit/Withdraw गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको […]

बर्दियामा तस्करहरुको बिगबिगी रातभर हुन्छ साइकलमा तस्करी प्रहरी मौन किन? बर्दिया । खुला सीमा जोडिएको बर्दिया जिल्लामा पछिल्लो समय भन्सार छली र तस्करीको बिगबिगी बढेको छ। भारततर्फ भेप, कपडा, चिनी, सुर्ती, किराना र भारतबाट नेपालतर्फ केरा, कुखुरा, काठसम्मको अवैध ओसारपसार दैनिक जस्तो भइरहेको छ। भर्खरै मात्र सशस्त्र प्रहरीको राजापुर र शक्तिपुर बीओपीले लगातार कारबाही गर्दा […]